ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमाथि आक्रमणः ‘रेजिम चेन्ज’ प्रयास कसरी अगाडि बढ्यो ?


शुभशंकर कँडेल
फाल्गुन १७, २०८२ आईतबार  ५ : ५६ बजे

आधुनिक युगका बमबारी अभियानहरू सामान्यतया राति सुरु हुन्छन्—लक्ष्यलाई अलमलमा पार्न र हवाई रक्षाको प्रभावकारिता घटाउनका लागि यसो गरिन्छ । तर यस पटक अमेरिकाले इजरायललाई अग्रमोर्चामा राखेर फरक तरिका अपनयो । शनिबार बिहान करिब ९ः१५ बजे (कार्यालय समय सुरु भएपछि) तेहरानका सडक र अफिसहरू भरिएका बेला बम र मिसाइलहरू खस्न थाले। इरानी राजधानीका सडकहरूबाट उठेको धुवाँको मुस्लो सरकारी क्षेत्रका भवनहरू र मानव वस्तीका घना इलाकाका भिल्लाहरूबाट आएको थियो।
इजरायली अधिकारीहरूले पछि पुष्टि गरे अनुसार—यो सुरुवाती आक्रमण ‘डिक्यापिटेसन स्ट्राइक’ थियो, जसको मुख्य लक्ष्य इरानको नेतृत्व हटाउनु र एकैसाथ सरकारको संयन्त्रलाई सकेसम्म नष्ट गर्नु थियो। यस्तो महत्वपूर्ण लक्ष्यका लागि अधिकारीहरू कार्यालय पुगेपछि आक्रमण गर्नु उचित थियो।


१०ः३० सम्ममा तेहरानवासीहरूले पाश्चर सडकमा दुई चरणका विस्फोट भएको रिपोर्ट गरेका थिए—जहाँ सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको कार्यालय, राष्ट्रपति मसूद पेजेश्कियानको कार्यालय, राष्ट्रिय सुरक्षा मुख्यालय र विशेषज्ञ सभाको कार्यालयमाथि आक्रमण गरिएको थियो ।
स्याटेलाइट तस्बिरहरूले सर्वोच्च नेताको परिसरलाई धुलो र खरानीको कालो थुप्रोका रुपमा देखाएको गार्जियनले उल्लेख गरेबाट अमेरिकी रेजिम परिवर्तनको आक्रमण शैलीको अनोठौ र नयाँ तरिका देखाइरहेको थियो । तर इरानी समाचार एजेन्सीहरूले खामेनेई अज्ञात स्थानमा सुरक्षित रहेको र पेजेश्कियान पनि घाइते नभएको दाबी गर्न छाडेका छैनन् । उता अमेरिकी राष्ट्रपतिले नै आफ्नै निजी कम्पनी ट्रुथ सोसलमा गर्बका साथ खामेनी मार्ने सफलता हासिल गरेको दावी गरिसकेका छन् । सम्भवत यस आक्रमणको प्रमुख लक्ष्य यही नै हो ।
इजरायली सैन्य अधिकारीले पत्रकारहरूलाई ब्रिफिङ गर्दै दुवै नेतृत्वलाई निशाना बनाइएको तर नतिजा स्पष्ट नभएको बताएबाट इरान पछि परिसकेको स्पष्ट हुन्छ ।

अमेरिकी आक्रमणको पहिलो निशानामै वर्तमान नेतृत्व मात्र होइन—पूर्व राष्ट्रपति महमुद अहमदिनेजादको तेहरान निवास पनि ध्वस्त भयो, उनको अवस्था अज्ञात नै छ ।
पाश्चर क्षेत्रबाट घाइते बोकेर एम्बुलेन्सहरू निस्किरहेका थिए। देशभरका अन्य सहरहरू—कुम, तबरेज, केर्मानशाह, लोरेस्तान खोरमाबाद र कराजमा पनि आक्रमणको खबर आएको थियो ।
एकैसाथ नागरिक हताहतको पहिलो रिपोर्ट आउँदा त्यो संख्याले ८० नाघिसकेको थियो। सरकारी समाचार एजेन्सी आईआरएनएले दक्षिणी प्रान्त होर्मोजगानको मिनाबमा रहेको बालिका प्राथमिक विद्यालयमा इजरायली आक्रमणबाट कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ। शहरमा आईआरजीसीको बेस नै सम्भवतः मुख्य लक्ष्य थियो, तर कार्यालय समयमा आक्रमण गर्नुले स्कुलमा पुगेका बालबालिका र भीडमा रहेका नागरिकहरू मारिने सम्भावनालाई व्यवहारिक बनाएको छ । यसले के मानवियता र के अमानवीय भन्ने बहस समेत निरर्थक बन्दैछ ।
नेतृत्वलाई निशाना बनाउनु मात्र पर्याप्त प्रमाण नभए पनि, इजरायली गुप्तचर एजेन्सी मोसादले फारसी भाषामा ट्वीट गरेर विद्रोहको आह्वान गरेको छ ।


“हाम्रा इरानी दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईं एक्लो हुनुहुन्न, हामीले तपाईंका लागि विशेष र अति सुरक्षित टेलिग्राम च्यानल सुरु गरेका छौं। सँगै मिलेर हामी इरानलाई यसको गौरवशाली दिनमा फर्काउँछौं। शासनविरुद्धको न्यायपूर्ण संघर्षका फोटो र भिडियो हामीसँग सेयर गर्नुहोस्। र सबैभन्दा महत्वपूर्ण—आफ्नो ख्याल राख्नुहोस्, हामी तपाईंसँग छौं।”
मोसादको यो शब्दले इरानीहरूलाई आफ्नो सरकार ढाल्न आह्वान गरेको थियो। यो सन्देशलाई चाँडै डोनाल्ड ट्रम्पले पनि दोहोर्‍याए—व्यक्तिगत रूपमा होइन, तर शुक्रबार राति वाशिंगटनमा सुत्नुअघि रेकर्ड गरिएको भाषण ट्रुथ सोसलमा शनिबार बिहान करिब २ः३० बजे (तेहरान समय ११ः०० बजे) प्रसारित भयो।
भाषणमा ट्रम्प सेतो अमेरिकी बेसबल टोपी लगाएर लेक्चरमा उभिएका थिए। उनले “इरानमा ठूलो युद्ध अभियान” सुरु भएको घोषणा गरे। ८ मिनेट लामो सम्बोधन अमेरिकी जनतालाई इरानी शासनको “आसन्न खतरा” बाट बचाउने दाबीबाट सुरु भयो—“अति कठोर र भयानक मानिसहरूको समूह”।
भाषण अन्त्यमा उनले इरानी जनतालाई धुलो सेलाउँदै उठ्न आह्वान गरे—“यो अब वा कहिल्यै नभएको मौका हो।”
“म आज राति भन्छु—तपाईंहरूको स्वतन्त्रताको घडी नजिक छ। आश्रयमा बस्नुहोस्। घरबाट ननिस्कनुहोस्। बाहिर धेरै खतरनाक छ। बमहरू सबैतिर खस्नेछन्। जब हामी सकिन्छौं, आफ्नो सरकार कब्जा गर्नुहोस्। यो तपाईंहरूको हो। यो पुस्तौंपछिको तपाईंहरूको एकमात्र मौका हो।”
डोनाल्ड ट्रम्पले ‘इरानमा ठूलो युद्ध अभियान’ सुरु भएको घोषणा गर्दै गरेको भाषणको सार यही हो ।

केही समयपछि पेन्टागनले आक्रमणको कोडनेम ‘एपिक फ्युरी’ र इजरायलले ‘अपरेशन रोअरिङ लायन’ राखेको जानकारी दियो। इजरायलले नीलो–सेतो डेभिडको तारा झण्डासहितको बाघको लोगो पनि सार्वजनिक गर्‍यो।
दुवै देशबीचको निकट समन्वयअनुसार बेन्जामिन नेतन्याहुले पनि ट्रम्पलाई धन्यवाद दिँदै “इरानको आतंकवादी शासनले निम्त्याएको अस्तित्वको खतरा हटाउने” युद्धको उद्देश्य दोहोर्‍याउनु कुनै अनौठो हुने कुरै भएन ।
इजरायली सैन्य अधिकारीहरूले दुवै देशका सेनाले महिनौंदेखि संयुक्त आक्रमणको तयारी गरेको बताएका छन् ।
आक्रमणको ठ्याक्कै समय विभिन्न कुराहरू मिलेपछि निर्धारण भएको देखिन्छ। ट्रम्पका ज्वाइँ जारेड कुश्नर, विशेष दूत स्टिभ विटकफ र इरानी विदेशमन्त्री अब्बास अराग्ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार जेनेभामा वार्ता गरेका थिए ।
अराग्चीले “राम्रो प्रगति” भएको बताइरहेको बेला ओमानका मध्यस्थकर्ताले वार्ता अर्को हप्ता भियना प्राविधिक स्तरमा फेरि हुने जानकारी दिएका थिए । तर अमेरिकी चालवाजीले अर्कै रुप लियो । अर्को वार्ताको टेबल होइन, इरानलाई खरानी बनाउने बम उपहार दिइयो ।
तर त्यो वार्तापछि अमेरिकी पक्षले केही नबोल्नु नै युद्धको सूचना बन्न पुग्यो । अब स्पष्ट छ—विटकफ र कुश्नर जेनेभा इरानको पूर्ण आत्मसमर्पण (आणविक कार्यक्रमसँगै मिसाइल उत्पादन पनि) ल्याउन पठाइएका थिए। सम्भवतः कुनै पनि इरानी प्रस्तावले युद्ध रोक्न सक्दैनथ्यो, जब ट्रम्पको आर्माडा जम्मा भइसकेको थियो।
वाशिंगटनमा ट्रम्पले आफू “खुसी नभएको” बताएबाट अमेरिकी वैश्विक नीति के हुन्छ भन्ने बुझ्नु पर्ने भएको छ । भोलिपल्ट एडमिरल ब्राड कुपर (यूएस सेन्ट्रल कमान्ड प्रमुख) र जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले ट्रम्पलाई अन्तिम ब्रिफिङ दिएको न्यूयोर्क टाइम्ले सविस्तार चर्चा गरेको छ। । लगभग त्यही समयमा विश्वको सबैभन्दा ठूलो विमानवाहक जहाज युएसएस जेराल्ड फोर्ड हाइफामा आइपुग्यो(झण्डै पश्चिमी अटलान्टिकबाट दुई हप्ताको यात्रापछि) यही विमान गत महिना अर्को अमेरिकी शत्रु भेनेजुएलाका नेता निकोलास मादुरोलाई अपदस्थ गर्न पनि तैनाथ गरिएको थियो ।
फोर्ड र यसका विध्वंसकहरूको आगमनले ट्रम्पको “आर्माडा” पूर्ण भएको थियो—इराक आक्रमणपछि मध्यपूर्वमा जम्मा भएको सबैभन्दा ठूलो शक्ति। यो ठूलो हवाई युद्ध कायम राख्न र इजरायललाई इरानी जवाफबाट बचाउन महत्वपूर्ण थियो।
फोर्ड शुक्रबार डक भएपछि इजरायलमा अमेरिकी राजदूतले कर्मचारीहरूलाई मेमो पठाए—“देश छोड्न चाहनेहरूले आजै टिकट किनेर बाहिर निस्कनुपर्छ।”
समय सकिँदै गएको महसुस गरेर ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले तत्काल वाशिंगटनको यात्रा गरे। उनले उपराष्ट्रपति जेडी भ्यान्ससँग भेटेर कूटनीतिलाई थप समय दिन आग्रह गरिरहँदा यता बम वर्षाको नक थिच्न मात्र बाँकी थियो ।
शनिबार बिहान आक्रमण सुरु भएको खबर सुनेपछि अल्बुसैदीले निराशा व्यक्त गरेः
“सक्रिय र गम्भीर वार्ता फेरि एकपटक कमजोर बनाइयो। अमेरिका र विश्व शान्तिको हितमा यो राम्रो होइन। निर्दोषहरूको पीडाप्रति म प्रार्थना गर्छु। अमेरिकालाई थप फस्न नदिन आग्रह गर्छु। यो तपाईंहरूको युद्ध होइन।”
अल्बुसैदीको कुरा ढिलो भयो। अमेरिका पहिल्यै आफ्नो अस्थिर राष्ट्रपतिद्वारा ठूलो युद्धमा तानिसकेको थियो, जुन छिट्टै क्षेत्रीय द्वन्द्वमा बदलियो।


यसरी आधुनिक इतिहासमा शीत युद्धपछि दर्जनौं पटकका छद्म र खुला आक्रमणबाट जोगिएको इरान अब ढल्ने निश्चित जस्तै हुन पुगेको छ। युरोपेली युनियन, व्रिक्स वा चीन तथा भारत भन्नु आफ्नै आत्म सुरक्षामा छन् । मस्कोले सरकारी सन्चार माध्यममा टिप्पणी गर्ने बाहेक युक्रेनमा नै फसिरहेको छ । कसैले केही गर्ने पक्षमा छैनन् । युएनको नाटक मन्चन पुरा भयो । तर अमेरिकाका अगाडि कसैले पनि सैन्य रुपमा शीर ठाडो पार्ने सम्भावना झण्डै समाप्त भएको छ।

इरान–इजरायल सम्वन्ध र अमेरिकी संलग्नता संक्षिप्त इतिहास

इरान र इजरायल बीचको द्वन्द्वको इतिहास लामो र जटिल छ। यो द्वन्द्व मुख्य रूपमा प्रोक्सी युद्ध (proxy war) बाट सुरु भएको थियो, जसमा इरानले हिजबुल्लाह (लेबनान), हमास (गाजा), हूती (यमन) जस्ता समूहहरूलाई समर्थन दिँदै इजरायलविरुद्ध अप्रत्यक्ष आक्रमण गर्‍यो। पछि यो प्रत्यक्ष युद्धमा परिणत भयो।

प्रारम्भिक सम्बन्ध (१९४८–१९७९)

  • १९४८ मा इजरायलको स्थापना भएपछि इरान (शाहको शासनकालमा) ले इजरायललाई दोस्रो मुस्लिम-बहुल देशको रूपमा मान्यता दियो।
  • दुवै देशबीच आर्थिक, सुरक्षा र खुफिया सहयोग थियो। इरानले इजरायललाई तेल आपूर्ति गर्थ्यो, र इजरायलले इरानलाई हतियार तथा प्रविधि दिन्थ्यो।
  • यो समयमा कुनै ठूलो द्वन्द्व थिएन।

इस्लामिक क्रान्तिपछि परिवर्तन (१९७९ देखि)

  • १९७९ मा इरानमा इस्लामिक क्रान्ति भयो। आयतोल्लाह खोमेनीको नेतृत्वमा नयाँ शासनले इजरायललाई “सानो शैतान” र अमेरिकालाई “ठूलो शैतान” भनेर घोषणा गर्‍यो।
  • इरानले फिलिस्तीनी मुद्दालाई समर्थन गर्दै इजरायलको अस्तित्वलाई अस्वीकार गर्‍यो।
  • यसपछि इरानले “एक्सिस अफ रेसिस्टेन्स” (प्रतिरोध अक्ष) निर्माण गर्‍यो, जसमा हिजबुल्लाह, हमास, प्यालेस्टाइनियन इस्लामिक जिहाद आदि समावेश छन्।

प्रमुख प्रोक्सी युद्ध र घटनाहरू (१९८०–२०२३)

  • १९८२: इजरायलले लेबनानमा आक्रमण गर्दा हिजबुल्लाह (इरान समर्थित) को उदय भयो।
  • २००६: इजरायल–हिजबुल्लाह युद्ध (३४ दिनको युद्ध), जसमा इरानले हिजबुल्लाहलाई हतियार दियो।
  • २०१०: स्टक्सनेट साइबर आक्रमण (इजरायल–अमेरिका समर्थित) ले इरानको न्यूक्लियर कार्यक्रमलाई क्षति पुर्‍यायो।
  • २०१८: अमेरिकी राष्ट्रपति ट्रम्पले JCPOA (इरान न्यूक्लियर सम्झौता) बाट अमेरिका फिर्ता भए।
  • २०२०: इरानी कमान्डर कासिम सुलेमानीको हत्या (अमेरिकाद्वारा), इरानले इराकमा अमेरिकी आधारमा मिसाइल प्रहार गर्‍यो।
  • इजरायलले इरानका न्यूक्लियर वैज्ञानिकहरूको हत्या (जस्तै मोहसेन फख्रिजादेह, २०२०) र साइबर/विस्फोट आक्रमणहरू (नतांजमा) गरिरह्यो।
  • इरानले इजरायलविरुद्ध प्रॉक्सीहरू मार्फत आक्रमण जारी राख्यो (सिरिया, इराक, यमनबाट)।

प्रत्यक्ष द्वन्द्वको सुरुवात (२०२४ देखि)

  • अप्रिल २०२४: इजरायलले दमास्कसमा इरानी कन्सुलेट आक्रमण गर्‍यो → इरानले पहिलो पटक प्रत्यक्ष रूपमा इजरायलमा ३००+ ड्रोन/मिसाइल प्रहार गर्‍यो (Operation True Promise)।
  • इजरायलले प्रतिक्रियामा इरानमा सीमित आक्रमण गर्‍यो।
  • अक्टोबर २०२४: हमास र हिजबुल्लाह नेताहरूको हत्या पछि इरानले १८०+ बालिस्टिक मिसाइल प्रहार गर्‍यो → इजरायलले इरानको मिसाइल उत्पादन र एयर डिफेन्समा ठूलो आक्रमण गर्‍यो।

ठूलो युद्ध: १२-दिनको युद्ध (जुन २०२५)

  • जुन १३, २०२५: इजरायलले Operation Rising Lion सुरु गर्‍यो। न्यूक्लियर साइटहरू (नतांज, फोर्डो), मिसाइल फ्याक्ट्रीहरू, IRGC कमान्डरहरू (होसैन सलामी, मोहम्मद बघेरी आदि) र वैज्ञानिकहरूलाई लक्षित गर्दै आक्रमण।
  • इरानले प्रतिक्रियामा सयौं मिसाइल र ड्रोन प्रहार गर्‍यो (True Promise III)।
  • जुन २१: अमेरिकाले इरानका न्यूक्लियर साइटहरूमा B-2 बमबारी गर्‍यो।
  • १२ दिनमा सयौंको मृत्यु, ठूलो क्षति।
  • जुन २४: अमेरिका-मध्यस्थतामा युद्धविराम।

हालको स्थिति (फेब्रुअरी २०२६)

  • फेब्रुअरी २८, २०२६ मा अमेरिका र इजरायलले इरानमा ठूलो आक्रमण गरे (न्यूक्लियर, सैन्य, नेतृत्व लक्षित)।
  • इरानले इजरायल र खाडीका अमेरिकी आधारहरू (कतार, बहराइन, यूएई आदि) मा मिसाइल प्रहार गर्‍यो।
  • यो द्वन्द्व अझै जारी छ, क्षेत्रीय युद्धको जोखिम बढेको छ।

यो द्वन्द्वको मुख्य कारणहरू:

  • इरानको न्यूक्लियर महत्वाकांक्षा।
  • इजरायलको अस्तित्वविरुद्ध इरानको वैचारिक विरोध।
  • क्षेत्रीय प्रभाव (प्रॉक्सीहरू मार्फत)।
  • अमेरिकाको भूमिका (समर्थन/प्रतिबन्ध)।

यो इतिहासले देखाउँछ कि प्रॉक्सीबाट प्रत्यक्ष युद्धमा पुग्नुले मध्यपूर्वलाई अस्थिर बनाएको छ, र नागरिकहरूले सबैभन्दा बढी क्षति भोगिरहेका छन्।

#Iran #US-Isrelattack #Khameni

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पको दाबी: ‘इरानी ‘पागलहरू’ पहिले आक्रमण गर्न लागेका थिए’

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सम्बन्धित

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

कसले – वा केले – इरानको सर्वोच्च नेता अली खामेनेईको स्थान लिनेछ ?

इरान युद्धमा ‘अहिलेसम्मका विजेता’ नेतान्याहु :इकोनोमिष्ट

ट्रम्पको दाबी: ‘इरानी ‘पागलहरू’ पहिले आक्रमण गर्न लागेका थिए’

चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com