काठमाडौं, ८ फागुन । निर्वाचन आयोगले हानिकारक सूचना उत्पादन एवम् सम्प्रेषण गर्ने २९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
आज आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सीता पुन श्रीसले निर्वाचन आचारसंहिता विपरीत गतिविधि गर्नेलाई कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जानकारी दिनुभयो ।
त्यस्तै ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको, ६५ वटालाई प्रेस काउन्सिलमा र एउटालाई विज्ञापन ९नियमन गर्ने० ऐन २०७६ बमोजिम कारबाहीका लागि पठाइएको जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्