ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन–३ मा एमालेको एक्लै प्रतिस्पर्धा : ‘अब आफ्नै जनमत मापन गर्ने बेला’ (भिडियो सहित)


एबीसी न्यूज
फाल्गुन ७, २०८२ बिहीबार  ९ : ३७ बजे

चितवन । प्रतिनिधि सभा निर्वाचनको सरगर्मी देशभर बढिरहेका बेला चितवन क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। दलहरू घरदैलो, भेटघाट र स्थानीय मुद्दा संकलनमा सक्रिय छन्। यही सन्दर्भमा एबिसी इलेक्सन एक्सप्रेसले नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका शंकर राज थपलियासँग कुराकानी गरेको छ।

उम्मेदवार थपलियाले यसपटक एमाले आफ्नै चुनाव चिन्ह ‘सूर्य’ लिएर १२ वर्षपछि क्षेत्र नम्बर ३ मा प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।


‘१२ वर्षपछि आफ्नै उम्मेदवार’

थपलियाका अनुसार संविधान जारी भएपछिका प्रतिनिधि सभा निर्वाचनहरूमा एमालेले चितवन–३ मा आफ्नै उम्मेदवार उठाउने अवसर पाएको थिएन।

“हामीले कहिले गठबन्धनका कारण त कहिले राजनीतिक समीकरणका कारण अरूलाई समर्थन गर्‍यौं। तर पार्टी संगठन कहिल्यै हराएको थिएन,” उनले भने।

उनका अनुसार स्थानीय तह र प्रदेश तहका निर्वाचनमार्फत संगठन सधैं सक्रिय रह्यो। यसपटक भने आफ्नै उम्मेदवारसहित चुनावी मैदानमा उत्रिँदा पार्टी पंक्ति र समर्थकहरू उत्साहित छन्।


प्रचण्डलाई समर्थन, तर अपेक्षा अपूरो

२०७४ सालको निर्वाचनमा एमाले–माओवादी केन्द्रबीच एकता भएपछि क्षेत्र नम्बर ३ मा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको थियो। त्यसपछि कांग्रेसबाट बागी उम्मेदवारलाई समेत समर्थन गर्ने अवस्था आएको थियो।

थपलियाले ती निर्णयलाई “राजनीतिक बाध्यता” भनेका छन्।

“हामीले कम्युनिस्ट एकताको सपनाका लागि प्रचण्डलाई अत्यधिक मतले जितायौं। तर पार्टी एकता जोगिन सकेन। जनताका अपेक्षा पनि पूरा भएनन्,” उनले भने।

उनका अनुसार चुनावी वाचा र क्षेत्रीय विकासका प्रतिबद्धतामा निरन्तरता नआएको भन्दै एमाले कार्यकर्तामा निराशा बढेको थियो।


‘अब एक्लै लड्ने अवसर लोकतन्त्रको सौन्दर्य’

थपलियाले यसपटक गठबन्धनबिना एक्लै प्रतिस्पर्धा गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताए।

“चुनावमा एक्लै लड्न पाइयो भने वास्तविक जनमत कति छ भन्ने थाहा हुन्छ। लोकतन्त्रको सौन्दर्य यही हो,” उनले भने।

उनले विगतमा सहयोग गरेका दलहरूले प्रतिफल नदिएको गुनासो गर्दै अब आफ्नै संगठनको बलमा अघि बढ्ने बताए।


प्रतिस्पर्धीप्रति टिप्पणी

चितवन–३ मा यसपटक विभिन्न पृष्ठभूमिका उम्मेदवारहरू मैदानमा छन्। कतिपय पूर्वमेयर, पूर्वसांसद र स्थापित नेताहरू प्रतिस्पर्धामा छन्।

थपलियाले आफू पहिलोपटक उम्मेदवार भए पनि लामो राजनीतिक अनुभव रहेको दाबी गरे।

“४३ सालदेखि राजनीतिक अभियानमा छु। सामाजिक र पर्यटन क्षेत्र, किसान मुद्दा र विकास निर्माणका सवालमा काम गरेको अनुभव छ,” उनले भने।

उनले बाहिरबाट उम्मेदवार बनेर आउने प्रवृत्तिमाथि प्रश्न उठाउँदै स्थानीय मुद्दा र जनताको अपेक्षा प्राथमिक हुनुपर्ने बताए।


विकासको दाबी र प्रतिदाबी

भरतपुर र आसपासका क्षेत्रमा भएका विकास निर्माण कार्यबारे बोल्दै थपलियाले ती योजनाहरू केन्द्र सरकार, प्रदेश सरकार र विभिन्न निकायको समन्वयमा सम्पन्न भएको दाबी गरे।

“विकासमा सबैको योगदान हुन्छ। एक जनाले मात्रै गरेको भनेर श्रेय लिनु उपयुक्त हुँदैन,” उनले भने।


एमालेको रणनीति

थपलियाका अनुसार एमाले संगठन चितवन–३ मा मजबुत छ। घरदैलो अभियानमा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइएको उनको दाबी छ।

“अब हाम्रो लक्ष्य स्पष्ट छ—आफ्नो जनमत मापन गर्ने, संगठनको शक्ति देखाउने र विकासका अधुरा योजनालाई अघि बढाउने,” उनले भने।

चितवन–३ मा यसपटकको प्रतिस्पर्धा केवल उम्मेदवारबीचको भिडन्त मात्र नभई विगतका गठबन्धन राजनीति र स्वतन्त्र प्रतिस्पर्धाबीचको परीक्षणसमेत बनेको छ।

मतदाताले कुन विकल्प रोज्नेछन् भन्ने निर्णय अब मतदान परिणामले स्पष्ट पार्नेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

पश्चिम रुकुममा रोचक भिडन्त : ‘पार्टीले जितेको क्षेत्र’ कि ‘व्यक्तिको प्रभाव’ ? (भिडियो सहित)

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com