ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड


एबीसी न्यूज
फाल्गुन ६, २०८२ बुधबार   ६ : ०३   बजे

काठमाडौं, ६ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मुलुकलाई समृद्धिको दिशामा लैजाने जिम्मा अब जनताको हातमा आएको बताएका छन्।बुधबार रुकुम पूर्वको सिस्ने गाउँपालिका-६, ढकालबारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

प्रचण्डले रुकुम र रोल्पा आफ्नो क्रान्तिको कर्मथलो र लालकिल्ला भएको सुनाए। उनले भने, ‘हजारौं शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरूको त्याग तथा रुकुम-रोल्पाका लाखौं जनताको रगत(पसिनाकै बलमा देशमा ऐतिहासिक राजनीतिक परिवर्तन सम्भव भएको हो।

हिजो म यहाँ बन्दुक बोकेर आएको थिएँ, आज परिवर्तनलाई संस्थागत गर्न मतपत्र बोकेर आएको छु।’रुकुम पूर्वको विकासका लागि आफ्नो विशेष योजना रहेको सुनाउँदै प्रचण्डले आगामी पाँच वर्षभित्र यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले शहीद मार्गलाई चीनको सीमासम्म जोड्ने र पक्की बनाउने, स्थानीय जडीबुटीको प्रशोधन र व्यवसायीकरण गर्ने तथा युवाहरूका लागि गाउँमै रोजगारी सिर्जना गरी वैदेशिक पलायन रोक्ने ठोस योजना अघि सारे।

‘मलाई रुकुमका जनताले आफ्नै अभिभावकको रूपमा स्वीकार गर्नुभएको छ, यसले मलाई थप ऊर्जा र शक्ति प्रदान गरेको छ,’ उनले सुनाए, ‘पाँच वर्ष मलाई यहाँको प्रतिनिधिको रूपमा काम गर्ने मौका दिनुभयो भने देशभरिका मान्छे विकासको नमुना हेर्न रुकुम पूर्व आउने वातावरण बनाउनेछु।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group