ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews ▶
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र


एबीसी न्यूज
फाल्गुन २, २०८२ शनिबार   ११ : ४६   बजे

रोल्पा, २ फागुन – रोल्पामा माघ २६ मा नेपाल प्रहरीले १०४ जना निर्वाचन प्रहरीमाथि कुटपिट गरेको घटना बाहिरिएको छ। केही प्रहरीलाई गम्भीर चोटपटक लागेको र १६ जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको स्रोतले जनाएको छ। अहिले सबै उपचारपछि डिस्चार्ज भइसकेका छन्।

अस्पताल स्रोतका अनुसार कुटिएका प्रहरीमध्ये धेरैको ढाड र तीघ्रामा नीलडाम देखिएको छ।

प्रत्यक्षदर्शीका अनुसार घटना बेलुका करिब ६ बजे रोल्पा नगरपालिका-४ लिबाङको शहीद प्रतिष्ठानको साततले भवनमा भएको हो। खाना खाएर फर्किँदै गरेका निर्वाचन प्रहरीलाई नेपाल प्रहरीले ‘हाँस्ने को–को हो ?’ भन्दै लाठी प्रहार गरेको प्रत्यक्षदर्शीले बताए।

जिल्ला प्रहरी कार्यालयले सुरुवातमा घटना गुपचुप राख्ने प्रयास गरेको थियो। तर, कुटपिटमा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही हुने आश्वासन दिइए पनि कार्यान्वयन नभएको आशंका भएपछि निर्वाचन प्रहरीले घटना बाहिर ल्याएका हुन्।

प्रमुख जिल्ला प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले घटनालाई स्वीकार्दै भने, “खाना खाएर फर्कने क्रममा अपशब्द प्रयोग भएपछि निर्वाचन प्रहरीलाई अनुशासनमा राख्न प्रशिक्षकहरूले अलि कडाइ गरेको हो। एक-दुई लाठी प्रयोग गर्दा केही गुनासो आएको होला। विभागीय कारबाही पनि भइसकेको छ।”

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पनि प्रहरी कर्मचारीलाई अनुशासनमा राख्न सतर्क गराइएको जानकारी दिएका छन्। उनले भने, “निर्वाचन प्रहरी सुरक्षाका लागि भर्ती गरिएको हो। उसले पनि अनुशासन र संस्थागत नियम मान्नुपर्छ।”

सामाजिक सञ्जालमा भने कतिपयले यस घटनालाई मानव अधिकार उल्लंघनको दृष्टिले हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

सम्बन्धित

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

घरेलु मैदानमा क्यानडाको संघर्षपूर्ण सुरुआत, लारिन बने उद्धारकर्ता

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group