ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड


एबीसी न्यूज
फाल्गुन १, २०८२ शुक्रबार   ६ : १०   बजे

रुकुम पूर्व, १ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो व्यवस्था फेर्ने बन्दुक बोकेको बताउँदै अब अवस्था फेर्न आर्थिक युद्धको झण्डा बोक्ने बताएका छन् ।जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वमा आयोजित जनभेटघाट तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूहरु अझै क्रान्तिको प्रक्रियामा रहेको बताएका छन् । उनले क्रान्तिको स्वरुप फेरिएकाले अब उत्पादन र आर्थिक क्रान्तिमा लाग्ने बेला भएको बताएका छन् ।उनले भने, ‘युद्ध जारी छ ।

तर अब युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुनेछ । उत्पादन वृद्धि गरेर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका लागि हुनेछ । भ्रष्टाचारविरुद्ध हुनेछ, पारदर्शिताका लागि हुनेछ । म त्यो नयाँ युद्ध र उत्पादन र समृद्धिको नयाँ क्रान्तिको झण्डा बोक्न फेरि एकचोटि तपाईहरूको बीचमा रुकुम पूर्वमा आइपुगेको छु ।’ उनले जिल्लाका ३१ वटै वडामा बाह्रै महिना यातायात सेवा पुग्ने गरी पक्की सडक सञ्जाल विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।उनले भने, ‘थोरै विद्यार्थी र धेरै विद्यालय भन्दा ‘हब स्कुल’ को अवधारणा अनुसार आवासीय सुविधा तथा दक्ष शिक्षकसहितका विद्यालय स्थापना गरी हिमाली भेगको शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता गर्छु । रुकुमको फलाम खानी उत्खनन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्छु ।’

मगर जातिको पहिचान र स्वायत्तताको विषयमा संविधानको मर्म र भावना अनुसार मगर क्लष्टरलाई स्वायत्त क्षेत्र घोषणा गरी सभ्यताको विश्वव्यापी ब्राण्डिङ गर्न पहल गर्ने उनले बताएका छन् । चुनवाङ बैठकस्थल, छापामार पदमार्ग तथा जनयुद्धका स्मृतिहरूलाई सङ्ग्रहालय र पर्यटकीय गन्तव्यको रूपमा विकास गरी विश्वभरिका अध्येता र पर्यटकलाई आकर्षित गरिने समेत संयोजक प्रचण्डले बताएका छन् ।

उनले थपे, ‘लुम्बिनी प्रदेश सरकारद्वारा घोषित अग्र्यानिक जिल्लासम्बन्धी आवश्यक कानुन, नीति, निर्माण गरिनेछ र प्रमाणीकरण तथा बजार सुनिश्चित गरी यहाँका उत्पादनलाई प्रिमियम ब्राण्डका रूपमा शहरका डिपार्टमेन्टल स्टोरसम्म पुर्‍याइने छ । देशकै गुणस्तरीय टिमुरलाई ब्राण्डिङ र स्याउ, सुन्तला, कागती लगायतका फलफूल र अग्र्यानिक तरकारी र अन्य बालीहरूको बजारीकरण गरिनेछ ।’ उनले जनयुद्धका उपलब्धि रक्षा गर्ने पक्षमा कि इतिहासको रथ उल्ट्याउन खोज्ने प्रतिक्रियावादी र प्रतिगामीहरूका पक्षमा भन्ने यो चुनाव हुन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group