ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसका मुद्दा सिंहदरबारमा फरक ढंगले गुञ्जिन्छन् : गगन थापा


एबीसी न्यूज
माघ १०, २०८२ शनिबार  ८ : ५५ बजे

काठमाडौं १० माघ। नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले संघीय संसद्‌मा मधेस र सर्लाहीका मुद्दालाई अघिल्ला वर्षभन्दा फरक, सशक्त र प्रभावकारी ढंगले उठाउने बताएका छन्। सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिनिधित्व गर्न उम्मेदवार बनेपछि मधेसका सवाल अब संसद्‌ र सिंहदरबारमा अझ स्पष्ट र निर्णायक रूपमा प्रवेश गर्ने उनको दाबी छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सर्लाही–४ को प्रतिनिधि भएर संसद्‌ पुगेपछि त्यहाँका समस्या, आवश्यकता र सम्भावनाका विषयहरू केवल औपचारिक छलफलमा सीमित नरहने स्पष्ट पारे। उनले भने, ‘म सर्लाही–४ को प्रतिनिधित्व गर्छु। अब संसद्‌मा दमदमाएर सर्लाहीको विषय उठ्छ। सिंहदरबारमा सर्लाहीका मुद्दामाथि छलफल हुन्छ। मधेसको विषयमा बहस हुन्छ। पहिले पनि छलफल भएको थियो, नभएको होइन। तर अब त्यो फरक ढंगले हुन्छ।’

उनले आगामी पाँच वर्षमा मधेसका मुद्दा संसद्‌मा उठ्ने शैली र त्यसबाट हुने निर्णय प्रक्रिया अघिल्ला वर्षको भन्दा भिन्न हुने बताए। सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिबद्धता जनाउँदै थापाले आफ्नो प्रतिनिधित्व केवल भाषणमा सीमित नहुने, नीतिगत र व्यवहारिक परिणाममा देखिने दाबी गरे।

पार्टीको जिम्मेवारीका कारण आफू सधैँ सर्लाहीमै बस्न नसक्ने यथार्थसमेत उनले स्वीकारे। काठमाडौं र अन्य जिल्लामा पनि पार्टीगत जिम्मेवारीका कारण समय दिनुपर्ने भएकाले क्षेत्रमै निरन्तर उपस्थित रहन कठिन हुने उनले बताए। तर त्यसलाई कमजोरीका रूपमा नलिन मतदातासँग आग्रह गरे।

‘मसँग थोरै समय छ। पार्टीको जिम्मेवारीका कारण काठमाडौंभन्दा बाहिर, सर्लाहीभन्दा बाहिर पनि धेरै ठाउँमा पुग्नुपर्ने हुन्छ। क्षेत्रमै सम्पूर्ण दिन बस्ने अवस्था रहँदैन,’ उनले भने, ‘तर यति कुरा विश्वास दिलाउन चाहन्छु—सर्लाही–४ मा रुख चिन्हमा मतदान गरेर गगन थापालाई जिताउँदा कुनै पनि मतदाताले “त्यो बेला गल्ती गरेछु” भन्ने अवस्था आउन दिने छैन।’

थापाले मतदाताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै स्थानीय नेता–कार्यकर्तालाई पनि मतदातासम्म यही सन्देश पुर्‍याउन आग्रह गरे। ‘हामीले त्यहाँबाट आएको विश्वासलाई माया, प्रेम र भरोसाका साथ फर्काउनुपर्छ। तपाईंहरूले त्यहाँ गएर यही कुरा भन्नुपर्छ,’ उनले कार्यकर्तालाई निर्देशन दिए।

कार्यक्रममा उनले चुनावी प्रतिस्पर्धाबारे पनि सतर्क धारणा राखे। आफ्नो उम्मेदवारी बलियो छ भन्दै अरू उम्मेदवारलाई कमजोर आँकलन नगर्न चेतावनी दिँदै उनले स्वस्थ प्रतिस्पर्धा र जनतासँगको प्रत्यक्ष संवादलाई प्राथमिकता दिनुपर्ने बताए।

गगन थापाको भनाइमा, सर्लाही र मधेसका मुद्दा अब केवल क्षेत्रीय विषय नभई राष्ट्रिय नीति निर्माणको केन्द्रमा पुर्‍याइनेछन्। त्यसका लागि संसद्‌भित्र र बाहिर दुवै ठाउँमा सक्रिय भूमिका खेल्ने उनको प्रतिबद्धता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

यस्ता छन् कांग्रेसका भिजन १० (फोटो फिचरसहित)

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com