काठमाडौं ३० पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा कानुन व्यवसायी पनि सहभागी भएका छन्।
बुधबार दिउँसो सुरु भएको बैठकमा कांग्रेस निकट कानुन व्यवसायी सहभागी रहेका छन्। उनीहरूलाई कानुनी परामर्शका लागि बोलाइएको बैठकमा सहभागी कांग्रेसका एक नेताले बताए।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेको छ। विशेष महाविधेशनमा निर्वाचन प्रक्रिया सुरु भइसकेको छ।
दुई दिनयता संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच छलफल भए पनि सहमति जुट्न सकेको छैन। यस्तो वेला बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा परामर्शका लागि कानुन व्यवसायीलाई सहभागी गराइएको छ।
यसैबीच नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।
समितिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै उम्मेदवारमाथि दाबीविरोध ४ बजेदेखि ४स्३० बजेसम्म गर्न सकिनेछ ।
समितिले उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने र राति ८ बजेदेखि १ बजेसम्म मतदान हुने सूची सार्वजनिक गरेको छ ।







प्रतिक्रिया दिनुहोस्