ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी


एबीसी न्यूज
पुस ३०, २०८२ बुधबार   १२ : ५४   बजे

काठमाडौं ३० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने तयारी गरिएको आरोपसहित महान्यायाधिवक्ता सविता भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
अभियन्ता युवराज सफलले बुधबार अख्तियारको केन्द्रीय कार्यालय टंगालमा पुगेर उजुरी दर्ता गराएका हुन्। उजुरीमा रवि लामिछानेमाथि चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने उद्देश्यले फाइल अगाडि बढाइएको दाबी गरिएको छ।
उजुरीकर्ताले मुद्दा फिर्ता प्रक्रिया आर्थिक चलखेल र प्रभावका आधारमा अघि बढाइएको आशंका व्यक्त गरेका छन्। महान्यायाधिवक्ता भण्डारी र रवि लामिछाने पक्षबीच गोप्य भेटघाट भएको र सोही आधारमा निवेदन दिन लगाएर फाइल अघि सारिएको उल्लेख उजुरीमा छ।
यसअघि डिम्ब तस्करीसम्बन्धी एक मुद्दा नचलाउने निर्णय पनि महान्यायाधिवक्ताबाट भएको भन्दै त्यसमा समेत आर्थिक चलखेल भएको दाबी गरिएको छ।
उजुरीकर्ताले दुवै मुद्दासँग सम्बन्धित सक्कल फाइल तत्काल जफत गरी अनुसन्धान गर्न अख्तियारसँग माग गरेका छन्। अदालतमा विचाराधीन मुद्दा चलखेलका आधारमा फिर्ता लिन खोज्नु पदको दुरुपयोग र भ्रष्टाचार हुने उल्लेख गर्दै कानुनअनुसार छानबिन र कारबाहीको माग गरिएको छ। उजुरीकर्ता सफलले तत्काल अनुसन्धान अघि नबढे सर्वोच्च अदालत जाने चेतावनी दिएका छन्।

610533419_848182428034454_4577906081207485790_n
614770488_1941236336790504_4677061220888616228_n

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group