ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा एन्ड्युरो साईक्लिङ रेस हुदैं


एबीसी न्यूज
कार्तिक १५, २०८२ शनिबार  ७ : २६ बजे

काठमाडौं, १५ कात्तिक। डाउन टिल डष्क प्रालिको आयोजनामा कात्तिकको अन्तिम साता पोखरा एन्ड्युरो साईक्लिङ रेस हुने भएको छ ।
पोखरा १३ आर्वाविजयमा हुन लागेको तेस्रो संस्करण साइकल रेस कात्तिक २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा साईक्लिङको डाउनहिल एक दशमलव ६ किलोमिटरको दुरीमा नेपालसहित विभिन्न ९ देशका साईक्लिष्टले प्रतिस्पर्धा गर्ने प्रालिका प्रवन्धन निर्देशक एवं रेस निर्देशक सुनिलचन्द्र शर्माले जानकारी दिए । शर्माका अनुसार नेपालसहित, अष्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मन, अमेरिका, ओमान, जापान र श्रीलंकाका साईक्लिष्टहरुलको सहभागिता फाइनल भइसकेको छ । सबै देशका गरी ६० जना साईक्लिष्टले प्रतियोगितामा भाग लिनेछन् ।

प्रतियोगितामा विभिन्न ६ वटा इभेण्टमा प्रतिस्पर्धा गराईने निर्देशक शर्माले बताए । एन्ड्युरो साईक्लिङको साहसिक प्रतिस्पर्धा हो । सानो गोरेटो बाटोबाट डाडाँबाट तल झर्ने यो प्रतिस्पर्धा निकै जोखिमपूर्ण मानिन्छ । जुनियर ९१२देखि १८ वर्षसम्म०, पुरुष एलिट ९१९ वर्षमाथि० खुल्ला महिला ९१९ वर्षदेखि माथि०, माष्टर ए पुरुष ९३० देखि ३९वर्षसम्म० माष्टर बी पुरुष ९४०देखि ४९ वर्षसम्म० र भेट्रान्स पुरुष ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा हुने प्रालिले उल्लेख गरेको छ । ३० वर्षदेखि साइक्लिङ क्षेत्रमा काम गर्दै आएका रेस निर्देशक शर्माले आर्वालाई साईक्लिङको गन्तव्य बनाउन आफुहरुले विगत तीन वर्षदेखि प्रतिस्पर्धा गर्दै आएको सुनाए ।
आर्वालाई साईक्लिङका हब बनाउने उद्देश्यसहित प्रालिले सन २०२० देखि काम शुरु गरेको थियो । विभिन्न ६ वटा साईक्लिङ रेसको लागि ट्रेल बनाईएको छ । ट्रेल बनाउन प्रालिले वर्षेनी ५ लाख रुपैयाँ खर्च गर्दै आएको छ । पाँचवर्षको अवधिमा २५ लाख रुपैयाँ खर्च गरिएको जनाउँदै निरन्तर पानीले समस्या बनाएको ट्रेल मर्मतदेखि नयाँ ट्रेल निर्माण गरिएको उल्लेख गरे । उनका अनुसार साईक्लिङको आवश्यक पूर्वाधार बनाउँदै अगाडि बढिने छ ।

सुरक्षाको लागि १४ जनाको मेडिकल टिम तयारी अवस्थामा रहने उल्लेख उनले बताए । दुईजना चिकित्सक र चार एम्बुलेन्ससहितको मेडिकल टिमले रेस्क्यु गरिने उनले जानकारी दिए । प्रतिस्पर्धीले ६ वटा ट्रेल पुरा गर्नुपर्ने हुन्छ ।
प्रतिस्पर्धामा उत्कृष्ट पाँच (प्रत्येक इभेन्टका) लाई साईक्लिङ एशोसिरिज पुरस्कार स्वरुप प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट जम्प गर्ने साईक्लिष्टले ३० हजार बराबरको पुरस्कार प्रदान गरिने प्रालिले जनाएको छ । ३० हजार पुरस्कार बी एण्ड बी हस्पिटलले प्रायोजन गरेको आयोजकले जानकारी दिएको छ ।

कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले पोखरा एन्ड्युरो मार्फत पोखरालाई साईक्लिङ हब बनाउन सकिए साहसिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com