काठमाडौं, १५ कात्तिक। डाउन टिल डष्क प्रालिको आयोजनामा कात्तिकको अन्तिम साता पोखरा एन्ड्युरो साईक्लिङ रेस हुने भएको छ ।
पोखरा १३ आर्वाविजयमा हुन लागेको तेस्रो संस्करण साइकल रेस कात्तिक २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा साईक्लिङको डाउनहिल एक दशमलव ६ किलोमिटरको दुरीमा नेपालसहित विभिन्न ९ देशका साईक्लिष्टले प्रतिस्पर्धा गर्ने प्रालिका प्रवन्धन निर्देशक एवं रेस निर्देशक सुनिलचन्द्र शर्माले जानकारी दिए । शर्माका अनुसार नेपालसहित, अष्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मन, अमेरिका, ओमान, जापान र श्रीलंकाका साईक्लिष्टहरुलको सहभागिता फाइनल भइसकेको छ । सबै देशका गरी ६० जना साईक्लिष्टले प्रतियोगितामा भाग लिनेछन् ।
प्रतियोगितामा विभिन्न ६ वटा इभेण्टमा प्रतिस्पर्धा गराईने निर्देशक शर्माले बताए । एन्ड्युरो साईक्लिङको साहसिक प्रतिस्पर्धा हो । सानो गोरेटो बाटोबाट डाडाँबाट तल झर्ने यो प्रतिस्पर्धा निकै जोखिमपूर्ण मानिन्छ । जुनियर ९१२देखि १८ वर्षसम्म०, पुरुष एलिट ९१९ वर्षमाथि० खुल्ला महिला ९१९ वर्षदेखि माथि०, माष्टर ए पुरुष ९३० देखि ३९वर्षसम्म० माष्टर बी पुरुष ९४०देखि ४९ वर्षसम्म० र भेट्रान्स पुरुष ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा हुने प्रालिले उल्लेख गरेको छ । ३० वर्षदेखि साइक्लिङ क्षेत्रमा काम गर्दै आएका रेस निर्देशक शर्माले आर्वालाई साईक्लिङको गन्तव्य बनाउन आफुहरुले विगत तीन वर्षदेखि प्रतिस्पर्धा गर्दै आएको सुनाए ।
आर्वालाई साईक्लिङका हब बनाउने उद्देश्यसहित प्रालिले सन २०२० देखि काम शुरु गरेको थियो । विभिन्न ६ वटा साईक्लिङ रेसको लागि ट्रेल बनाईएको छ । ट्रेल बनाउन प्रालिले वर्षेनी ५ लाख रुपैयाँ खर्च गर्दै आएको छ । पाँचवर्षको अवधिमा २५ लाख रुपैयाँ खर्च गरिएको जनाउँदै निरन्तर पानीले समस्या बनाएको ट्रेल मर्मतदेखि नयाँ ट्रेल निर्माण गरिएको उल्लेख गरे । उनका अनुसार साईक्लिङको आवश्यक पूर्वाधार बनाउँदै अगाडि बढिने छ ।
सुरक्षाको लागि १४ जनाको मेडिकल टिम तयारी अवस्थामा रहने उल्लेख उनले बताए । दुईजना चिकित्सक र चार एम्बुलेन्ससहितको मेडिकल टिमले रेस्क्यु गरिने उनले जानकारी दिए । प्रतिस्पर्धीले ६ वटा ट्रेल पुरा गर्नुपर्ने हुन्छ ।
प्रतिस्पर्धामा उत्कृष्ट पाँच (प्रत्येक इभेन्टका) लाई साईक्लिङ एशोसिरिज पुरस्कार स्वरुप प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट जम्प गर्ने साईक्लिष्टले ३० हजार बराबरको पुरस्कार प्रदान गरिने प्रालिले जनाएको छ । ३० हजार पुरस्कार बी एण्ड बी हस्पिटलले प्रायोजन गरेको आयोजकले जानकारी दिएको छ ।
कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले पोखरा एन्ड्युरो मार्फत पोखरालाई साईक्लिङ हब बनाउन सकिए साहसिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।








प्रतिक्रिया दिनुहोस्