ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली भारत प्रस्थान


admin
चैत्र २३, २०७४ शुक्रबार   ७ : ५३   बजे

काठमाडौं २३ चैत्र । दोस्रो पटक प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो पटक भारत भ्रमण गएका छन् ।

तीन दिने भारत भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री ओली दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे लगतै प्रधानमन्त्री ओली सीधै राष्ट्रपति भवन पुग्नेछन् । राष्ट्रपति भवनमा केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसंगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपालमा लगानीबारे प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अन्तरक्रिया कार्यक्रमपछि प्रधामन्त्री ओली दिवाभोजमा सहभागी हुने बताइएको छ । भारतीय राजनीतिक दलका नेताहरुले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयल बताइएको छ । भेटमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भारतीय जनता पार्टीका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्ने कार्यक्र तय गरिएको छ ।

सोही दिन सा“झ बाह्रखम्बारोडस्थित नेपाली दुतावासमा नेपाली समुदायसग भेटवार्ता गर्ने र नेपाली दुतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा उनी सहभागी हुनेछन् ।

रात्रिभोजमा दिल्लीस्थित कूटनीतिक नियोग र राजनीति सम्बद्ध व्यक्तिहरु सहभागी हुने बताइएको छ । दुतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई पनि निमन्त्रणा गरेको बताएको छ । भ्रमणको दोस्रो दिन चैत २४ गते बिहानै राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच केहीबेर वार्ता हुने बताएको छ । दुई प्रधामन्त्रीको बार्तापछि भारतीय सेनाले उच्च सैनिक गार्ड आफ् अनर दिने कार्यक्रम तय भएको छ । गार्ड अफ अनर कार्यक्रमलगतै भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा परराष्ट्रमन्त्री बैंकया नायडुसंग शिष्टाचार भेट हुने बताइएको छ । त्यसपछि प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जाने कार्यक्रम छ ।

राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा दीप प्रज्ज्वलन गरेपछि हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच वन टु वन वार्ता हुने बताइएको छ । वार्ता लगत्तै भ्रमण प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा संयुक्त छलफल हुनेछ ।

छलफलपछि दुई देशबीच हुने सम्झौतापत्र आदनप्रदानसम्बन्धी कार्यक्रम तय गरिएको छ । त्यस पछि संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिनेछ । पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । पत्रकार सम्मेलनपछि प्रधानमन्त्री ओली हैदरावाद हाउसमै दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । सा“झ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भ्रमणको तेस्रो दिन चैत २५ गते प्रधानमन्त्री ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जाने कार्यक्रम रहेको छ । कृषि विश्वविद्यालयको भ्रमण सकेपछि सोही दिन सा“झ दिल्लीबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group