ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री सुशीला कार्कीलाई हाम्रो समर्थन रहनेछ- नारायणकाजी


abc news
भाद्र २८, २०८२ शनिबार  ९ : ०३ बजे

काठमाडौ २८ भदौ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विशिष्ट परिस्थितिमा निर्माण भएको सुशीला कार्की नेतृत्वको सरकारलाई आफ्नो समर्थन रहने बताएका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्।

‘हामीले जेन जीको प्रस्ताव र सहमतिअनुसार कै सरकार संवैधानिक प्रक्रियाबाट गठन गर्न आव्हान गरेका थियौँ। यो भन्दा उत्तम संवैधानिक प्रक्रियाबाट अघि बढ्न सकिने हाम्रो सुझाव रहेको भएपनि आजको विशिष्ट परिस्थितिमा सम्माननीय राष्ट्रपतिज्यूले धारा ६१ अन्तर्गत सरकार गठन गर्नुभएकोमा हाम्रो समर्थन नै रहेको छ,’ उनले भनेका छन्, ‘यो जेन जी आन्दोलनको सफलताको महत्वपूर्ण खुट्किलो हो र जेन जी आन्दोलनकारीहरुलाई यस निम्ति बधाइ ज्ञापन गर्दछु।’

उनले नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेकोमा कार्कीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेका छन्।

उनले संसद् विघटनले भने संविधान भत्काउन सक्ने भन्दै त्यसपछि गम्भीर हुन राष्ट्रपति र प्रधानमन्त्रीलाई विशेष अनुरोधसमेत गरेका छन्।

यस्तो छ श्रेष्ठको भनाइ

जेन जी आन्दोलनको परिणाम स्वरूप ६ महिना भित्र आम निर्वाचन गर्ने मुल कार्यादेश सहित आज पूर्व प्रधान न्यायाधीशको सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । हामीले जेन जी को प्रस्ताव र सहमति अनुसार कै सरकार संवैधानिक प्रक्रियाबाट गठन गर्न आव्हान गरेका थियौं। यो भन्दा उत्तम संवैधानिक प्रक्रियाबाट अघि बढ्न सकिने हाम्रो सुझाव रहेको भएपनि आजको विशिष्ट परिस्थितिमा सम्माननीय राष्ट्रपतिज्यूले धारा ६१ अन्तर्गत सरकार गठन गर्नुभएकोमा हाम्रो समर्थन नै रहेको छ। यो जेन जी आन्दोलनको सफलताको महत्वपूर्ण खुट्किलो हो र जेन जी आन्दोलनकारीहरुलाई यस निम्ति बधाइ ज्ञापन गर्दछु । साथै नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नु भएकोमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्की ज्यू लाई हार्दिक बधाई दिँदै कार्यकालको सफलताको शुभकामना प्रकट गर्दछु।

यो सरकार एउटा विशेष परिस्थितिमा विशेष कार्यादेश सहित गठन भएकोले सारतत्वमा यो एक प्रकारको अन्तरिम सरकार हो। यो सरकारको मुख्य कार्यादेश रहेको ६ महिना भित्र आम निर्वाचन सम्पन्न गर्न ,जेन जी आन्दोलनको मूल मुद्दा सुशासन रहेकाले भ्रष्टाचारविरोधी शशक्त अभियान सञ्चालन गर्न , आन्दोलनमा बर्बर दमन गर्ने तथा आगजनी, तोडफोड तथा राष्ट्रिय महत्वका सार्वजनिक संरचनाहरु ध्वंस गर्नेहरुमाथि निष्पक्ष छानविन गरी कारवाही गर्न ,देशमा शान्ति सुव्यवस्था कायम गर्न र संविधान तथा लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न नयाँ सरकारलाई हाम्रो समर्थन र सहयोग रहनेछ।

सरकार गठन सँगै संसद विघटन समेत गरिने भन्ने चर्चा भइरहेकाले त्यस सँग सम्बन्धित केही गम्भीर विषयमा पनि म राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू ,जेन जी आन्दोलनकारी र सबैको ध्यानाकर्षण गराउन चाहान्छु। हाम्रो संविधानले संवैधानिक रुपमा निर्वाचनबाट बनेको संसद कुनै पनि बेला सरकारले सिफारिश गरेर विघटन गर्ने व्यवस्था गरेको छैन। आम निर्वाचनको मिति घोषणा भएपछि प्रतिनिधिसभा स्वतः विघटित वा निष्क्रिय हुन पुग्छ। त्यसैले विधि सम्मत ढंगले निर्वाचनको मिति घोषणा गरेको अवस्थामा प्रतिनिधिसभा ९स्थायी सदनको रुपमा रहेको राष्ट्रिय सभा भने विघटन हुन सक्दैन० स्वतः विघटित वा निष्क्रिय हुने वा विघटन गर्ने स्थिति भन्दा अन्य ढंगले संसद विघटन गर्ने कार्यले संविधान भत्काउने दिशामा ढोका खोल्ने काम गर्न सक्ने खतरा उत्पन्न हुन सक्नेछ। त्यसैले यसबारेमा गम्भीर हुन म समयमै सम्माननीय राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूलाई विशेष अनुरोध गर्दछु।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com