ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलका मेयर ह्विल चेयर बोकेर घरघर पुगेपछि (भिडीयो सहित)


sharan sharan

बुटवल, २१ चैत्र ।
स्थानीयतहले सामाजिक सेवामा सक्रियता बढाएपछि बुटवल उपमहानगरको वार्ड नम्बर १ बासीले स्थानीयसरकारको अनुभुति गर्न थालेकाछन् । शारिरीक कमजोरी रहेका जेष्ठ नागरिकहरुलाई स्थानीयतहबाट चाडवाड खर्च देखि व्हिल चेयर सम्म प्राप्त भएपछि उनीहरुले स्थानीय तहमा आफ्नै सरकार आएको अनुभुति गरेकाहुन् ।
बृद्दता र अस्वस्थताका कारण घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा पुगेका जेष्ठ नागरिकहरुलाई उपमहानगरपालिकाले ह्विल चेयर उपलब्ध गराएपछि बटवलका जेष्ठ नागरिकहरुको जनजिवन सहज हुने भएको छ । उपमहानगरको वार्ड नम्बर १ ले आफ्नो बजेटको केहि रकमबाट शारिरिक कमजोर रहेका जेष्ठ नागरिकहरुलाई ह्विल चेयर बितरण गरेको छ । मनभित्र आफन्त भेट्ने आकांक्षा रहेर पनि उमेर र अस्वस्थताका कारण घरबाट निस्कन नसक्ने जेष्ठ सदस्यहरुले ह्विल चेयर पाएपछि मख्ख परेकाछन् । ह्विल चेयर पाए संगै उनीहरुले नजिकको मन्दिर जान सहज भएको भन्दै स्थानीय सरकारलाई धन्यबाद दिएकाछन् ।
बुटवल उपमहानगरपालिका वार्ड नम्बर १ ले आफ्नो वार्ड भित्रका ४ जना जेष्ठ नागरिकलाई मंगलबार ह्विल चेयर बितरण गरेको थियो । एका बिहानै उपमहानगरका मेयर शिव सुबेदी सहितको टोलि चेयर बोकेर घरघर आए पछि स्थानीयबासी दंग परेका थिए ।
उपमहानगरले वडा नम्बर १ का १०३ बर्षिया सेती ल्क्ष्मी श्रेष्ठ, ९३ बर्षिया, भाग्यलक्ष्मी शाक्य, ८बर्षिय लोकबहदुर खनाल र ७१ बर्षिया शान्ति देबी कशौधनलाई ह्लि चेयर उपलब्ध गराएको छ । उपमहानगर जेष्ठ नागरिकरु प्रति उत्तरदायी रहेको र उनीहरुको दैनिक जिवनलाई सहज बनाउन हरदमतयार रहेको बुटवल उपमहानगरका प्रमुख शिवराज सुबेदी बताउंछन् ।
प्रत्यक नागरिकलाई वडाबाटै सेवा सुबिधा दिने राज्यको निति अनुरुप वडा कार्यालयले ह्विल चेयर बितरण गर्ने कार्यक्रम ल्याएको बुटवल उपमहानगर वडानम्बर १ का अडा अध्यक्ष महेन्द्र लिगलको भनाई छ ।
कतिपय स्थानीयतहबाट बिभिन्न बिबादीत निर्णयहरु आईरहेका बेला बुटवल उपमहानगरको वडा कार्यालयले जनताले अनुभुत गर्ने गरि ल्याएको कार्यक्रमले स्थानीयतहमा जनप्रतिनिधी हुनुको अनुभुति दिलाएको छ । अन्य स्थानीयतहले पनि यस्ता सकारात्मक कामको अनुशरण गर्ने कि ?

https://youtu.be/Cwd1C21owVg

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com