काठमाडौं २३ भदौ । फेसबुक लगायतका सामाजिक सञ्जालहरू सञ्चालन हुन थालेका छन्। सरकारले गत बिहीबार मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर सूचीकृत हुन नआएका फेसबुकसहित २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
सेवा प्रदायकले स्वतःस्फूर्त रूपमा खालेको नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीले जानकारी दिए।
त्यस्तै इन्टरनेट सेवा प्रदायकहरूले भने जनतालाई सहयोग गरिएको बताएका छन्।
सेवा प्रदायक कम्पनीका एकजनाले भने,ुआधिकारीक रूपमा खोलिएको छैन। जनतालाई सहयोग गरिएको हो।
यसैबीच सोमबारको प्रदर्शनका क्रममा काठमाडौंमा १६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । बानेश्वरमा सेनाको एक एम्वुलेन्स समेत प्रदर्शनकारीले जलाउनुकासाथै संसद भवन पर्खाल र मीन भवनको एक सरकारी भवनमा समेत आगलागी भएको छ ।








प्रतिक्रिया दिनुहोस्