ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न


एबीसी –न्युज
भाद्र २२, २०८२ आईतबार  ९ : १९ बजे

साहित्यकार मनु योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा राजधानीको अनामनगर स्थित युएन हाउसमा उक्त कृतिको विमोचन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथि काइँलाले उपन्यासमा मुन्धुमी बिम्ब साथै ऐतिहासिक बिषयहरुको उठान भएको बताउनु भयो । मुन्धुममा वर्णित सेक्मुरी मानवको प्रतिक फूल भएको चर्चा गर्दै  त्यसलाई लेखकले प्रात्रको रुपमा सुन्दर ढंगले प्रस्तुत गरेको उहाँले बताउनु भयो । उपन्यासले नेपालको प्राग ऐतिहासिक काल देखि  बुद्धको आगमन र बौद्ध दर्शन बिस्तारको प्रसंग उठान गर्नका साथै मुन्धुममा आउने सृष्टि उत्पतिको मिथकलाई छोएको छ उहाँले चर्चा गर्नुभयो । “यो उपन्यासले नेपालमा विद्यमान अनेक जीवन दर्शनहरुको परिचय पाठकहरुलाई गराएको छ ।” उहाँले थप्नु भयो । लेखकका पूर्व कृतिहरुको स्मरण गर्दै फुङ, थोक्फेला, सेक्मुरी जस्ता फूल विशेष नाम छनौट गर्न रुचाउने कृतिकारले आफ्नो  भावी कृतिको शिर्षक  सिङजाङगो फूल राख्ने कि भन्दै उहाँले जिज्ञासा र अपेक्षा मिश्रित सवाल राख्नु भयो । उहाँले कृतिले उठाएको बिषय महत्वपूर्ण रहेको बताउदै कृतिकारको लेखन शिल्पको प्रशंसा गर्नुभयो ।

कार्यक्रमका अर्का अतिथि साहित्यकार कृष्ण धाराबासीले विमोचित उपन्यास नेपालको पूर्वी पहाडबाट उठेको एक शक्तिशाली आवाज भएको बताउनु भयो । “पूर्वी पहाड विचार, साहित्य र लेखनका दृष्टिले उर्बर क्षेत्र रहेको बताउदै त्यहाँबाट सिर्जना हुने साहित्यहरु विचारको जगमा उभिएका हुन्छन ।” उहाँले थप्नुभयो । मोफसलका लेखक तथा साहित्यकारहरुको सबैभन्दा ठुलो पिडा केन्द्रमा रहेका मुलधार भनिएका संचार माध्यमहरुले खास महत्व नदिनु हो भन्दै गुनासो गर्नुभयो । “आज पनि राजधानी बाहिर विमोचित कृतिहरुका बारेमा राजधानीका ठुला संचार माध्यमहरुले ठाउँ दिने गरेको देखिन्न । शायद त्यसैले लेखकले विमोचन गर्ने स्थान राजधानीलाई रोज्नुभयो ।” उहाँले भन्नु भयो । नेपालमा लेखक तथा साहित्यकारहरु माथि राज्य लगायत कसैले पनि उचित लगानी गर्न नसकेकोमा दुख व्यक्त गर्दै राज्यले त्यस तर्फ समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आज पनि देशका विभिन्न क्षेत्रका बिषयहरु नेपाली साहित्य लेखन भित्र समेट्न नसकिएको बताउदै लेखक तथा साहित्यकारहरुको ध्यान त्यस तर्फ औंल्याउनु भयो ।

कार्यक्रमका अर्का वक्ता दिपक लुङगेली मगरले विमोचित उपन्यास इतिहास र सांस्कृतिक स्मृतिको दस्तावेज रहेको बताउनु भयो । “आफ्नो विद्यावारिधि समेत लिम्बु संस्कति र साहित्यमा नै भएकाले कृतिमा मुन्धुमी विम्ब र सौन्दर्यहरुको प्रयोग प्रयाप्त पाएँ ।” उहाँले बताउनु भयो । कृति मुन्धुम र बौद्ध दर्शनको  मिश्रित सेमिनार जस्तो रहेको पाएँ उहाँले थप्नुभयो । उहाँले उपन्यास भित्रका पात्रहरुको फरक मनोवैज्ञानिक यात्राले कृतिलाई पृथक पहिचान दिनसक्ने बताउदै मुन्धुममा रुची हुने पाठकहरुका लागि कृति राम्रो स्रोत हुन सक्ने बताउनु भयो ।

कार्यक्रमका अर्का वक्ता नेपाल खुल्ला विश्व विद्यालयका प्राध्यापक डा. संजीव हुमागाईंले उपन्यासले पात्रहरुलाई जिवन्तरुपमा प्रस्तुत गर्नका साथै  र दर्शनका विभिन्न आयामहरुलाई छोएको चर्चा गर्नुभयो । इतिहास र दर्शनलाई सबल रुपमा समेट्नु उपन्यासको सबल पक्ष रहेको उहाँले थप्नुभयो ।

कार्यक्रमका अर्का वक्ता नेपाल खुल्ला विश्व विद्यालयका प्राध्यापक डा. संजीव हुमागाईंले उपन्यासले पात्रहरुलाई जिवन्तरुपमा प्रस्तुत गर्नका साथै  र दर्शनका विभिन्न आयामहरुलाई छोएको चर्चा गर्नुभयो । इतिहास र दर्शनलाई सबल रुपमा समेट्नु उपन्यासको सबल पक्ष रहेको उहाँले थप्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा साहित्यकार धर्मेन्द्र नेम्बाङले लेखक इतिहासको अध्येता पनि भएकाले आफ्नो कृतिमा इतिहासको सन्दर्भलाई प्रखर रुपमा उठाएको बताउनु भयो । नेम्बाङले लेखकलाई विमोचित कृतिको सफलताको शुभकामना दिनका साथै उपस्थित सबै प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

स्रष्टा, साहित्यकार, बुद्धिजीवी तथा साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको उक्त विमोचन कार्यक्रमलाई युवा अध्येता भेषराज चेम्जोङले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

हामी किन गलत राजनीतिज्ञ छान्छौँ ?

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ए.आई.ले गणितीय मस्तिष्कलाई मार्दैछ

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com