ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न


एबीसी –न्युज

साहित्यकार मनु योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा राजधानीको अनामनगर स्थित युएन हाउसमा उक्त कृतिको विमोचन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथि काइँलाले उपन्यासमा मुन्धुमी बिम्ब साथै ऐतिहासिक बिषयहरुको उठान भएको बताउनु भयो । मुन्धुममा वर्णित सेक्मुरी मानवको प्रतिक फूल भएको चर्चा गर्दै  त्यसलाई लेखकले प्रात्रको रुपमा सुन्दर ढंगले प्रस्तुत गरेको उहाँले बताउनु भयो । उपन्यासले नेपालको प्राग ऐतिहासिक काल देखि  बुद्धको आगमन र बौद्ध दर्शन बिस्तारको प्रसंग उठान गर्नका साथै मुन्धुममा आउने सृष्टि उत्पतिको मिथकलाई छोएको छ उहाँले चर्चा गर्नुभयो । “यो उपन्यासले नेपालमा विद्यमान अनेक जीवन दर्शनहरुको परिचय पाठकहरुलाई गराएको छ ।” उहाँले थप्नु भयो । लेखकका पूर्व कृतिहरुको स्मरण गर्दै फुङ, थोक्फेला, सेक्मुरी जस्ता फूल विशेष नाम छनौट गर्न रुचाउने कृतिकारले आफ्नो  भावी कृतिको शिर्षक  सिङजाङगो फूल राख्ने कि भन्दै उहाँले जिज्ञासा र अपेक्षा मिश्रित सवाल राख्नु भयो । उहाँले कृतिले उठाएको बिषय महत्वपूर्ण रहेको बताउदै कृतिकारको लेखन शिल्पको प्रशंसा गर्नुभयो ।

कार्यक्रमका अर्का अतिथि साहित्यकार कृष्ण धाराबासीले विमोचित उपन्यास नेपालको पूर्वी पहाडबाट उठेको एक शक्तिशाली आवाज भएको बताउनु भयो । “पूर्वी पहाड विचार, साहित्य र लेखनका दृष्टिले उर्बर क्षेत्र रहेको बताउदै त्यहाँबाट सिर्जना हुने साहित्यहरु विचारको जगमा उभिएका हुन्छन ।” उहाँले थप्नुभयो । मोफसलका लेखक तथा साहित्यकारहरुको सबैभन्दा ठुलो पिडा केन्द्रमा रहेका मुलधार भनिएका संचार माध्यमहरुले खास महत्व नदिनु हो भन्दै गुनासो गर्नुभयो । “आज पनि राजधानी बाहिर विमोचित कृतिहरुका बारेमा राजधानीका ठुला संचार माध्यमहरुले ठाउँ दिने गरेको देखिन्न । शायद त्यसैले लेखकले विमोचन गर्ने स्थान राजधानीलाई रोज्नुभयो ।” उहाँले भन्नु भयो । नेपालमा लेखक तथा साहित्यकारहरु माथि राज्य लगायत कसैले पनि उचित लगानी गर्न नसकेकोमा दुख व्यक्त गर्दै राज्यले त्यस तर्फ समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आज पनि देशका विभिन्न क्षेत्रका बिषयहरु नेपाली साहित्य लेखन भित्र समेट्न नसकिएको बताउदै लेखक तथा साहित्यकारहरुको ध्यान त्यस तर्फ औंल्याउनु भयो ।

कार्यक्रमका अर्का वक्ता दिपक लुङगेली मगरले विमोचित उपन्यास इतिहास र सांस्कृतिक स्मृतिको दस्तावेज रहेको बताउनु भयो । “आफ्नो विद्यावारिधि समेत लिम्बु संस्कति र साहित्यमा नै भएकाले कृतिमा मुन्धुमी विम्ब र सौन्दर्यहरुको प्रयोग प्रयाप्त पाएँ ।” उहाँले बताउनु भयो । कृति मुन्धुम र बौद्ध दर्शनको  मिश्रित सेमिनार जस्तो रहेको पाएँ उहाँले थप्नुभयो । उहाँले उपन्यास भित्रका पात्रहरुको फरक मनोवैज्ञानिक यात्राले कृतिलाई पृथक पहिचान दिनसक्ने बताउदै मुन्धुममा रुची हुने पाठकहरुका लागि कृति राम्रो स्रोत हुन सक्ने बताउनु भयो ।

कार्यक्रमका अर्का वक्ता नेपाल खुल्ला विश्व विद्यालयका प्राध्यापक डा. संजीव हुमागाईंले उपन्यासले पात्रहरुलाई जिवन्तरुपमा प्रस्तुत गर्नका साथै  र दर्शनका विभिन्न आयामहरुलाई छोएको चर्चा गर्नुभयो । इतिहास र दर्शनलाई सबल रुपमा समेट्नु उपन्यासको सबल पक्ष रहेको उहाँले थप्नुभयो ।

कार्यक्रमका अर्का वक्ता नेपाल खुल्ला विश्व विद्यालयका प्राध्यापक डा. संजीव हुमागाईंले उपन्यासले पात्रहरुलाई जिवन्तरुपमा प्रस्तुत गर्नका साथै  र दर्शनका विभिन्न आयामहरुलाई छोएको चर्चा गर्नुभयो । इतिहास र दर्शनलाई सबल रुपमा समेट्नु उपन्यासको सबल पक्ष रहेको उहाँले थप्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा साहित्यकार धर्मेन्द्र नेम्बाङले लेखक इतिहासको अध्येता पनि भएकाले आफ्नो कृतिमा इतिहासको सन्दर्भलाई प्रखर रुपमा उठाएको बताउनु भयो । नेम्बाङले लेखकलाई विमोचित कृतिको सफलताको शुभकामना दिनका साथै उपस्थित सबै प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

स्रष्टा, साहित्यकार, बुद्धिजीवी तथा साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको उक्त विमोचन कार्यक्रमलाई युवा अध्येता भेषराज चेम्जोङले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ए.आई.ले गणितीय मस्तिष्कलाई मार्दैछ

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

टिकटकको समय बढाउने राष्ट्रपति ट्रम्पको घोषणा

जेफ बेजोसले कुन खेल खेलिरहेका छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com