ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको एसीओको मुख्य उपलव्धिः पुटिनसँग भेटवार्ता


ABC News

काठमडौं १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ।

शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओली र पुटिनबीच सोमबार अबेर राती भेटवार्ता भएको हो।

Had a bilateral meeting with His Excellency Mr. Vladimir Putin, President of the Russian Federation, in Tianjin. Our discussions focused on further strengthening Nepal–Russia relations and advancing mutually beneficial cooperation in the fields of culture, trade and investment. pic.twitter.com/szJ9zOzWw1

— K P Sharma Oli (@kpsharmaoli) September 1, 2025

भेटका क्रममा नेपाल–रुस सम्बन्धलाई थप सुदृढ बनाउने र संस्कृति, व्यापार र लगानीका क्षेत्रमा पारस्परिक सहयोगलाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्री ओलीले बताएका छन्।

सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदे, लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलि, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ तथा माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुलगायत विश्वका नेताहरूसँग भेटवार्ता भएको छ।
पुटिनले ओलीलाई के स्मरण गराए

रुसी राष्ट्रपति पुटिनले ठोस जवाफ नदिए पनि नेपाल–रुस दौत्य सम्बन्धको स्मरण गर्दै दुई देशबीच भूराजनीतिक र कूटनीतिक मतभेद नरहेको बताए ।

राष्ट्रपति पुटिनले रुस र नेपालबीच कहिल्यै कुनै समस्या नआएको भन्दै आपसी सहयोग थप विस्तार गर्न सकिने उल्लेख गरे ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो समेत दिए ।

एससीओ बैठकका लागि चीनको उत्तरी शहर तियानजिनमा पुगेका ओली र पुटिनबीच भएको कुराकानीको सम्पादित अंशः

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनः

सम्मानीय प्रधानमन्त्रीज्यू, एससीओ शिखर सम्मेलनको अवसरमा म तपाईंसँग भेट गर्न र समसामयिक मुद्दा तथा द्विपक्षीय सम्बन्धबारे विचार विमर्श गर्न पाउँदा अत्यन्तै खुशी छु । जहाँसम्म मलाई लाग्छ, सन् १९५६ मा हाम्रो दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो, र आगामी वर्ष ९दौत्य सम्बन्धको ७०औं वर्षगाँठ० मा हामीले यस सम्बन्धको एक विशेष वार्षिकोत्सव मनाउनेछौं ।

आज हामी हाम्रो आपसी सम्बन्धको केही नतिजा संक्षेपमा हेर्न सक्छौं । मैले भन्नै पर्ने हुन्छ कि हामीबीच कहिल्यै कुनै समस्या आएको छैन । अझ महत्वपूर्ण कुरा त के छ भने अन्तर्राष्ट्रिय एजेन्डाका मुख्य विषयहरूमा समेत हाम्रो धारणा समान छ वा भनौं एकअर्कासँग नजिक छ । वा पूर्णतया मेल खान्छन्, जस्तो कूटनीतिज्ञहरू भन्छन् । हामीले मुख्य क्षेत्रहरूमा कसरी आपसी सहयोग विस्तार र सुदृढ गर्न सकिन्छ भनेर पनि सोच्न सक्दछौं । म तपाईंलाई भेट्न पाउँदा अत्यन्तै खुसी छु, प्रधानमन्त्रीज्यू ।

प्रधानमन्त्री केपी शर्मा ओलीः

धन्यवाद, महामहिम, यति राति– लगभग मध्यरातको समयमा मलाई तपाईं सँग भेटेर यो छलफल गर्न मौका दिनुभएकोमा । म यो अवसर पाएकोमा अत्यन्तै खुसी छु, महामहिम ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनः

सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंको यो विचार र प्रस्ताव अनुसार हामी नेपाल भ्रमण गर्नेबारे सोच्नेछौं । साथै, तपाईंलाई अनुकुल हुने कुनै पनि समयमा हामी तपाईंलाई पनि रूसमा स्वागत गर्न सधैं तयार छौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीः

१९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल–रुस सम्बन्ध सधैं मैत्रीपूर्ण र समुधर रहँदै आएको छ ।

तर के कारणले हो, म भन्न सक्दिनँ, अहिलेसम्म रुसबाट विशेष गरी उच्चस्तरीय नेतृत्वको नेपाल भ्रमण भएको छैन ।

नेपालतर्फबाट भने म स्वयं सन् १९९९ र सन् २००० मा रुस भ्रमणमा गएको थिएँ । ती अवसरमा मलाई मस्को, सेंट पिटर्सबर्गजस्ता ऐतिहासिक शहरहरूको भ्रमण गर्ने र रूसी सभ्यता–संस्कृति नजिकबाट बुझ्ने अवसर प्राप्त भयो ।

खासगरी जब म १९९९ मा रुस घुम्न गएको थिएँ, त्यतिबेला नै मैले थाहा पाएँ कि पाँच हजारभन्दा बढी नेपाली विद्यार्थीहरू रसियाका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन् ।

आज पनि नेपालमा धेरैजसो चिकित्सकहरू, जसले रुसमा अध्ययन गरेर फर्किएका छन्, जनताको उपचारमा समर्पित छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनः

तपाईंलाई थाहा होला, जब मानिसहरू कुनै देशमा पढ्न जान्छन्, जस्तै मानौं रूसमा, उनीहरू जब फर्कन्छन्, सधैं राम्रा सम्झनाहरू लिएर जान्छन् । वा भनौं रूसको सम्झना लिएर फर्कन्छन् । यस्ता मानिसहरू आफ्नो मातृभूमि वा भनौं नेपाल–रूसबीचको सम्बन्धको सेतु जस्तै हुन्छन् ।

मानविकी सहयोगको दृष्टिले हामी शिक्षा लगायत संस्कृति क्षेत्रको निरन्तर सम्पर्कमा गम्भीर ध्यान दिन्छौं, र हामी यो सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी हुनेछौं । तपाईंले भन्नुभयो, नेपालका विभिन्न क्षेत्रका मानिसहरू रूसमा शिक्षा लिन इच्छुक छन् ।

हामी तपाईंको साथमा शिक्षा क्षेत्रमा सबैभन्दा चासो लाग्दा र सम्भावनायुक्त क्षेत्रहरू पत्ता लगाउनेतर्फ सहकार्य गर्नेछौं । हामी अन्य मानविकी सहयोगका क्षेत्रमा पनि ध्यान दिन सक्छौं । मलाई विश्वास छ कि रूसी जनताले नेपाली मूर्तिकलालाई हेर्न धेरै चासो दिनेछन् । हो, हामी यसबारे पनि सोच्न सक्छौं ।

1/
Honoured to address the SCO Plus Summit in Tianjin today. I stressed that global challenges—climate change, pandemics, cyber threats & economic shocks—demand stronger and more functional multilateralism. pic.twitter.com/5R4PyYpcHC

— K P Sharma Oli (@kpsharmaoli) September 1, 2025


ओलीको सीधा हवाई सम्वन्धको प्रस्तावः पुटिन मौन
ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा हवाई उडानको प्रस्ताव राखेका छन् ।

सोमबार साँझ तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले सो प्रस्ताव पुटिनसमक्ष राखेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीका अनुसार, दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि प्रधानमन्त्री ओलीले प्रस्ताव राखेका छन् ।

‘रुस–नेपाल हवाइ उडान सिधै गर्नेगरी सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रस्ताव भएको छ,’ ती अधिकारीले अनलाइनखबरसँग भने, ‘दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि छलफल भएको छ ।’

त्यस्तै, रुसमा नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति पनि बढाउनेबारे छलफल भएको स्रोतले बतायो ।

उनीहरूबीच करिब २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो भने सरकारी टोलीसहित करिब पौने घण्टा छलफल भएको थियो ।

Had a warm meeting with H.E. Dr. Mohamed Muizzu, President of Maldives. We explored cooperation in agriculture, tourism, education, and people-to-people ties, & exchanged views on joint efforts to tackle climate change, addressing the shared concerns of mountain & ocean nations. pic.twitter.com/8Ubqd4Hacl

— K P Sharma Oli (@kpsharmaoli) September 1, 2025

शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री ओली गत शनिबारदेखि चीनमा छन् ।
प्रधानमन्त्री ओलीले यस अघि भियनामका प्रधानमन्त्री, लाओसका राष्ट्रपति, माल्दिभ्सका राष्ट्रपति र चिनिया राष्ट्रपति सँग दुई पक्षीय र वान अन वान भेट वार्ता गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने सीले दिएको दिवाभोजका क्रममा नमस्ते आदन–प्रदानको जम्काभेटमै टुगिएको थियो । नेपाली पक्षले मोदीसँग भेट्ने प्रस्ताव गरेपनि भारतीय पक्षले समयअभावको जबाफ दिएको थियो।

Had a cordial meeting with H.E. Dr. Thongloun Sisoulith, President of Laos, on the sidelines of the SCO Summit in Tianjin. We exchanged views on cooperation in culture, agriculture & people-to-people ties, and on advancing the interests of LDCs & LLDCs in global forums. pic.twitter.com/IFI4x8L3v2

— K P Sharma Oli (@kpsharmaoli) September 1, 2025

Had a warm meeting with H.E. Dr. Mohamed Muizzu, President of Maldives. We explored cooperation in agriculture, tourism, education, and people-to-people ties, & exchanged views on joint efforts to tackle climate change, addressing the shared concerns of mountain & ocean nations. pic.twitter.com/8Ubqd4Hacl

— K P Sharma Oli (@kpsharmaoli) September 1, 2025

It was a pleasure to meet Indian Prime Minister Shri Narendra Modi ji in Tianjin. Nepal greatly values its deep, multifaceted relations with India.@narendramodi https://t.co/xegIB8zOfo

— K P Sharma Oli (@kpsharmaoli) August 31, 2025

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com