काठमाडौं ३ मदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूको समूहले सोमबार ह्वाइट हाउसमा भएको बैठकमा युक्रेन युद्ध अन्त्य गर्ने सम्भावनाबारे आशावादी स्वर व्यक्त गरे।
ट्रम्पले यो बैठक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार अलास्कामा भएको शिखर सम्मेलनपछि आयोजना गरेका थिए। उक्त सम्मेलनमा पुटिनले युक्रेनले पूर्वी क्षेत्र छोड्ने शर्तमा अन्य मोर्चाहरूमा युद्ध स्थगन गर्ने प्रस्ताव राखेका थिए। युक्रेनले लगातार युद्धविरामको लागि तयार रहेको तर क्षेत्र छोड्न नसक्ने बताउँदै आए पनि सुरक्षा ग्यारेन्टीको आवश्वासन पछि लचक भएको देखिएको थियो ।
सुध्रिएको सम्बन्ध
ट्रम्प र जेलेन्स्कीले यसपटक ओभल अफिसमा भएको विगतको भेटभन्दा न्यानो स्वर अपनाएका छन् । यस अघि प्रेब्रुअवरीको पहिले भेट टेलिभिजनमा प्रसारित तनावपूर्ण बहसमा परिणत भएको थियो । ट्रम्पले युद्धको स्थायी समाधानको लागि दुवै पक्षसँग काम गर्ने बताए। दुई वरिष्ठ युरोपेली अधिकारीहरूका अनुसार, ट्रम्पले सोमबारको बैठक बीचमा रोकेर पुटिनलाई फोन गरेका थिए ।
ट्रम्प प्रशासनले हालै रुसबाट पुनः आक्रमण रोक्न सुरक्षा ग्यारेन्टीको समर्थन व्यक्त गरेको छ। जेलेन्स्कीलाई कस्तो ग्यारेन्टी चाहिन्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ूसबै कुरा।ू ट्रम्पले अमेरिका कुनै न कुनै रूपमा संलग्न हुने र युरोपको नेतृत्वमा नेटो(जस्तो व्यवस्था हुने संकेत गरेका छन् ।
सहभागीहरू
बैठकमा फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोन, नेटो महासचिव मार्क रुट्टे, बेलायती प्रधानमन्त्री केयर स्टार्मर, इटालीकी प्रधानमन्त्री जबर्जया मेलोनी, जर्मनीका चान्सलर फ्रेरिक मर्ज र युरोपेली आयोगकी प्रमुख उर्साला भोन डेर र युरोपका धेरै नेताहरू जेलेन्स्कीसँग ह्वाइट हाउसमा सहभागी थिए।
जेलेन्स्कीसँगको बैठकपछि ट्रम्पले शीर्ष युरोपेली अधिकारीहरूसँग छलफल गरेका थिए , उनले युद्ध अन्त्य गर्ने सम्झौताको मध्यस्थताका लागि जेलेन्स्की र पुटिनसँग त्रिपक्षीय शिखर सम्मेलन आयोजना गर्न चाहेको बताएका छन् ।
युक्रेनको चिन्ता के छ भने यदि जेलेन्स्कीले सम्झौता गर्न अस्वीकार गरे भने, अमेरिकाले हतियार र गुप्तचर जानकारीसहितको महत्वपूर्ण राजनीतिक र सैन्य समर्थन रोक्न सक्छ।
यो बैठकले युक्रेन युद्ध अन्त्य गर्ने सम्भावनामा नयाँ आशा जगाएको छ, तर क्षेत्रीय सम्झौता र सुरक्षा ग्यारेन्टीको प्रश्नले जटिलता थपेको छ। ट्रम्पको मध्यस्थता र युरोपेली नेताहरूको एकताले दीर्घकालीन शान्तिको लागि महत्त्वपूर्ण कदम चाल्न सक्ने संकेत गरेको छ।







प्रतिक्रिया दिनुहोस्