ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने, राष्ट्रपति सीसँग भेटघाटको कार्यक्रम तय


abc news

काठमाडौँ, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली अगस्ट ३० मा चीन गएर सेप्टेम्बर ३ मा फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन उनी त्यता जान लागेको बताइएको छ । अगस्ट ३१ देखि सो सम्मेलन सुरु हुँदैछ ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली र त्यहाँका राष्ट्रपति सी चिनफिङ बिच भेटवार्ता हुने तय भएको छ । ओली र सीबिच सेप्टेम्बर ३ मा भेटघाट हुने कार्यक्रम तय भएको परराष्ट्र स्रोतले जनाएको छ । सोही कार्यक्रममा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदैछन् । त्यहाँ मोदीसँग पनि प्रधानमन्त्री अ‍ोलीको भेटघाट हुने सम्भावना रहेको स्रोतले जनाएको छ । तर अझै त्यसको कार्यतालिका तय भइनसकेको बताइएको छ ।

त्यहाँ अन्य देशका प्रधानमन्त्रीहरू पनि आउने छन् । ओलीसँग विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग पनि साइडलाइन भेटवार्ता हुने बताइएको छ । सम्मेलनमा आउने विदेशी प्रतिनिधिहरूका लागि राष्ट्रपति सीले सेप्टेम्बर ३ मा दिवा भोजको आयोजना गर्ने जनाइएको छ ।

एक वर्षको कार्यकालमा प्रधानमन्त्री ओलीको यो दोस्रो चीन भ्रमण हुनेछ । यसअघि उनले २०८१ मङ्सिरमा चीन भ्रमण गरेका थिए । जब कि उनले हालसम्म भारतको भ्रमण गरेका छैनन् ।

ओलीले यो बिचमा अमेरिका, थाइल्याण्डलगायतका देशको भ्रमण गरिसकेका छन् । उनी साउन २३ गते तुर्कमेनिस्तानको भ्रमणबाट फर्केका हुन् ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उनी तुर्कमेनिस्तान गएका थिए ।

चीनबाट फर्केपछि प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने छन् । सो भ्रमणको तयारीका लागि भदौ १ गते भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री नेपाल आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com