ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालाखोलामा भीषण पहिरो, कालिगण्डकी करिडोर ठप्प


abc news
श्रावण २८, २०८२ बुधबार   १ : ५७   बजे

काठमाडौं, २८ साउन । बागलुङ–कालिगण्डकी करिडोर अन्तरगत बागलुङ–बलेवा खण्डको कालाखोलामा सुख्खा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तरगत बागलुङ नगरपालिका–१३ को कालाखोलामा आज बिहानै सुख्खा पहिरो खसेको हो ।


यस अघि शनिबार दिउँसो खसेको सुख्खा पहिरोले अबरुद्ध करिडोर बुुधबार बिहान मात्रै खुलेको थियो । चट्टान सहितको भीषण पहिरोले सडक अबरुद्ध छ । जिल्ला सदरमुकाम बागलुङ बजारबाट दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक यस अघिनै पहिरोका कारण अबरुद्ध छ । करिडोरमा समेत चट्टान सहितको पहिरो खसेपछि जिल्लाको दक्षिण क्षेत्रको सडक सम्पर्क टुटेको हो ।


करिडोर अबरुद्ध हुँदा बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिम चल्ने सबै सवारीसधान चल्न सकेका छैनन् भने सोही बाटोहुँदै उत्तर मुस्ताङसम्म चल्ने सवारी साधन समेत बाटोमै रोकिएको प्रहरीले जनाएको छ । भैरहवाबाट सामान बोकेर आएका मालबहाक ट्रकहरु कालाखोलामा रोकिएका छन् । पहिरो निरन्तर झरिरहेकाले सडक खुलाउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख गंगाराम बिकले जानकारी दिए ।

करिडोरको मालढुंगा–बलेवा बिमानस्थल खण्ड कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउन थालेपनि पहिरो खस्न नरोकिएकाले समय लागेको हो करिडोर र बागलुङ कुश्मीशेरा सडकको दव्ल्याङमा पाँच बर्षदेखि खसिरहेको पहिरोका कारण सामान्य बर्षा हुँदासमेत सडक अबरुद्ध हुने गरेको थियो ।

https://www.facebook.com/watch?v=1091200213159952

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group