काठमाडौं, २७ साउन । गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । राति संखुवासभा, सिन्धुपाल्चोक, कास्की, दाङ, बाँकेलगायत ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित केही ठाउँमा अहिले पनि पानी परिहेको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, मधेश र बागमतीका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थान र मधेशलगायत देशका बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशीको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीको पहाडी तथा तराई भूभागका धेरै स्थान र बाँकी प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
मधेशलगायत कोशी र बागमतीको पहाडी र तराई भूभागको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकीको पहाडी र तराई साथै लुम्बिनीको तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ ।







प्रतिक्रिया दिनुहोस्