ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले वासिङ्टन डीसीमा घोषणा गरे सार्वजनिक सुरक्षा आपतकाल


abc news

काठमाडौं, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको राजधानी वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गरेका छन् । ट्रम्पले सार्वजनिक सुरक्षा आपतकाल घोषणा राजधानीको प्रहरी विभाग (एमपीडी)लाई केन्द्रीय नियन्त्रणमा लिएका छन् ।

ट्रम्पले सोमबार वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गर्दै ८०० नेसनल गार्ड सैनिकहरूलाई तैनाथ गरेको बीबीसीले जनाएको छ ।

यी सैनिकहरूले गत हप्ताको अन्त्यमा तैनाथ गरिएका सयौँ संघीय कानुन प्रवर्द्धन अधिकारीहरूलाई सहयोग गर्नेछन् ।

यी सैनिकले सहरमा आपराधिक गिरोहहरूलाई नियन्त्रणमा लिने कार्य गर्ने बताइएको छ । यसअघि, राष्ट्रपति ट्रम्पले पत्रकारहरूलाई सम्बोधन गर्दै डिस्ट्रिक्ट अफ कोलम्बियालाई होम रूल ऐनको प्रयोग गरी वासिङ्टन डीसी प्रहरी विभागलाई केन्द्रीय नियन्त्रणमा लिएको बताएका थिए ।

उनले पत्रकारहरूलाई भने, “तपाईंहरू लुटपाट, बलात्कार, गोलीबारी वा हत्या भएको हेर्न चाहनुहुन्न ।” ट्रम्पले वासिङ्टन डीसीमा हत्याको दर पृथ्वीको सबैभन्दा खराब स्थानमाभन्दा पनि उच्च रहेको र कार चोरीका घटनाहरूमा समेत वृद्धि भएको बताएका थिए ।

तर, सहरकी मेयर मुरियल बोउजरले राष्ट्रपतिका अपराधसम्बन्धी दाबीहरूलाई अस्वीकार गर्दै सन् २०२३ मा अपराधमा वृद्धि भएको भए पनि तथ्यांकले त्यसयता अपराध घटेको बताएकी छन् । सहरमा हिंसात्मक अपराध पनि ३० वर्षकै न्यून बिन्दुमा रहेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा उनको साथमा अमेरिकी महान्यायाधिवक्ता पाम बन्डी थिइन् । बन्डीले नै संघीय नियन्त्रणमा रहेको अवधिमा सहरको प्रहरी बलको नेतृत्व गर्ने बताइएको छ ।

उनले राजधानी हिंस्रक गिरोहहरू, हत्यारा, अपराधी, लागूपदार्थका दुव्र्यसनीहरू र घरबारविहीन व्यक्तिहरूको कब्जा भएको पनि दाबी गरेका थिए ।

यो कदमलाई वासिङ्टन डीसीको मुक्ति दिवस भन्दै उनले आफ्नो राजधानी फिर्ता लिने घोषणा पनि गरे ।
ट्रम्पले एक पूर्वकर्मचारीमाथि भएको आक्रमणको उल्लेख गर्दै गुण्डाहरूको समूहले तिनलाई निर्ममरूपमा कुटपिट गरी रक्ताम्य अवस्थामा छोडिदिएको बताए ।

राष्ट्रपतिले सरकारी कर्मचारीहरू, एक डेमोक्रेटिक सांसद र एक इन्टर्नमाथि पनि आक्रमण भएको बताउँदै यसले सरकारी कामकाजमा अवरोध उत्पन्न गरेको र यो अमेरिकाका लागि खतरा भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com