काठमाडौं २३ साउन । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अघि सारेको गाजा नियन्त्रणमा लिने योजना अनुमोदन गरेको छ।
इजरायलका प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार आज ९शुक्रबार० बिहान बसेको सुरक्षा मन्त्रिपरिषद्को बैठकले पूरै गाजा कब्जा गर्न स्वकृति दिएको हो।
जसमा गाजा नियन्त्रणमा लिने स्वीकृत योजना र ‘युद्ध अन्त्य गर्ने पाँच बुँदा’का विवरण रहेको बताइएको छ।
सुरक्षा मन्त्रिपरिषद्ले यसलाई बहुमतले पारित गरेको हो।
त्यसमा भनिएको छ, ‘आईडीएफले युद्ध क्षेत्र बाहिरका नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्दै गाजा नियन्त्रणमा लिन तयारी गर्नेछ र युद्ध अन्त्य गर्ने पाँच बुँदामा काम गर्नेछ।’
(हमासको निस्शस्त्रीकरण
(सबै बन्धकहरूको फिर्ता ( मृत र जीवित
(गाजामा निस्शस्त्रीकरण
(गाजामा इजरायलको सुरक्षा नियन्त्रण
(हमास र प्यालेस्टिनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकार
प्रधानमन्त्री नेतन्याहुले बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामी सम्पूर्ण गाजामा नियन्त्रण चाहन्छौँ। हाम्रो सुरक्षा सुनिश्चित गर्न, हामी त्यहाँ ९गाजा० बाट हमासलाई हटाउन चाहन्छौँ।।। हामी गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौँ।’







प्रतिक्रिया दिनुहोस्