ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री लामाले भ्याए आजै, नभ्याए भोलि हेटौँडा पुगेर राजीनामा दिने


abc news

काठमाडौ १६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन्।

बिहीबार हिजो साँझ काठमाडौँमा आफ्नो पार्टीका सभापति शेरबहादुर देउवासँग भेटपछि उनी राजीनामा दिने निर्णयमा पुगेका हुन्।

शुक्रबार आज आफू निकट सांसदहरूको सल्लाहमा मुख्यमन्त्री लामाले राजीनामा दिने निर्णय गरेको सांसद तीर्थ लामाले जानकारी दिए।

उनका अनुसार सभापति देउवाले बिहीबार साँझ आफ्नै निवास बालुवाटार बोलाएर कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित लामालाई बहुमतमा सरकार चलाउन पर्ने भन्दै मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए।

पार्टीको शीर्ष तहको निर्देशन मान्नुको विकल्प नभएको भन्दै मुख्यमन्त्री लामाले राजीनामा दिने तयारी गरेको सांसद तीर्थ लामाले बताए।

‘संसदीय दलको नेतामा पराजित भएपछि र त्यसमा पनि पार्टी सभापतिले नै राजीनामा दिन निर्देशन दिँदादिँदै आफ्नै सुरमा लाग्नुहुन्न भन्ने सल्लाह भयो’, सांसद लामाले भने, ‘मुख्यमन्त्रीज्यूले भ्याए आजै, आज नभ्याए भोलि हेटौँडा पुगेर पत्रकार सम्मेलन गर्ने र राजीनामा दिने तयारीमा जुट्नुभएको छ। मार्गप्रशस्त गर्न उहाँ तयार हुनुहुन्छ।’

हाल मुख्यमन्त्री लामा प्रदेश सांसदहरूसहित काठमाडौँमा छन्।

बागमती प्रदेश सभामा ३७ सिट रहेको कांग्रेसको संसदीय दलमा गत शुक्रबार त्यसबेला दल नेता रहेका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

त्यसपछि नयाँ दल नेता चयनका लागि बुधबार भएको चुनावमा लामालाई हराउँदै इन्द्रबहादुर बानियाँ विजयी भए।

यसपछि मकवानपुरका बानियाँले नुवाकोटमा लामालाई मुख्यमन्त्री पद छाड्न दबाब दिइरहेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com