ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रञ्जितालाई अध्यक्षबाट हटाउन नाउपाले देखाएका पाँच कारण


abc news

काठमाडौ १५ साउन । नागरिक उन्मुक्ति पार्टी नाउपा ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट पदमुक्त गर्नुका पाँच कारण रहेको जानकारी गराएको छ ।

बुधबार राष्ट्रिय भेला बोलाएर रञ्जितालाई पार्टीको सर्वोच्च पदबाट हटाइएको हो ।

नाउपाका महासचिव ठाकुरसिंह थारुका अनुसार रञ्जितालाई हटाउनुको पहिलो कारण उनले विधान विपरीत कार्य गरेका कारणले पदमुक्त गर्नु परेको हो ।

विधानले कार्यबाहक अध्यक्ष बनाउन नमिल्ने व्यक्तिलाई मनोनीत गरेको हुँदा उनलाई हटाउनु परेको दोस्रो कारण रहेको नाउपाले जानकारी गराएको छ । रञ्जिताले पोखराका शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् ।

केन्द्रीय सदस्यहरूले पटक(पटक बैठक बोलाउन आग्रह गर्दा समेत उनले बेवास्ता गर्दै आएको जनाइएको छ ।

‘पटक(पटक बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यले आग्रह गर्‍यौं । बैठक बोलाउन चासो देखाउनुभएन,’ महासचिव थारूले भने ।

कार्यबाहक अध्यक्ष तोकेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिनक लागि दिइएको समयभित्र जवाफ नदिएको हुँदा पदमुक्त गर्नुपरेको अर्को कारणमा उल्लेख गरिएको छ ।

पाँचौं कारण, पोखराको लिचिबारी जग्गामा चलखेल गर्न रञ्जिता मुछिएको घटना बनाइएको छ ।

पार्टीले रञ्जितालाई हटाउनका लागि औपचारिक निर्णय गरिसके पनि नयाँ अध्यक्ष भने तोकिसकेको छैन ।

नयाँ अध्यक्षको नाम निर्वाचन आयोगमा अभिलेखीकरण गर्दा कानुनी अड्चन आउनसक्ने अवस्थाले अर्को व्यक्तिलाई अध्यक्ष बुधबार तोकिएन । बिहीबार थप छलफल गरेर निर्णय गर्ने गरी हिजोको बैठक सकिएको थियो ।

‘अध्यक्ष हटाएपछि अर्को व्यक्ति बनाउनै पर्‍यो । आज निर्णय हुन्छ,’ महासचिव थारूले भने,‘ विधिसंगत हटाउनका लागि राष्ट्रिय भेला बोलाएका हौं । केन्द्रीय समितिले मात्रै हटाएको त होइन नि ?

अध्यक्ष रञ्जितालाई पदमुक्त गर्न राष्ट्रिय भेला बोलाइएको छ । भेलामा केन्द्रीय सदस्य, प्रदेश र संघका सांसद र नाउपाबाट निर्वाचित पालिकाका प्रमुखलाई पनि बोलाइएको छ ।

बिहीबारको भेलाबाट नयाँ अध्यक्ष चयन गर्ने नाउपाले जनाएको छ । गंगाराम चौधरी, लालबीर चौधरी र रामलाल डगौरा मध्येबाट एक जना अध्यक्ष चुन्ने गरी छलफल भएको नाउपाका नेताहरुले जानकारी गराएका छन् । गंगाराम नाउपाका संसदीय दलका नेता हुन् ।

लालबीर पार्टी संरक्षक रेशम चौधरीका बुवा हुन् । डगौरा टीकापुर नगरपालिकाका मेयर हुन् । डगौराले नै राष्ट्रिय भेलाको संयोजन गरेका छन् । संरक्षक चौधरीले आफू आयोजक नभई प्रमुख अतिथिका रुपमा उपस्थित भएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com