ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती राजनीति, देउवासँग छलफल गरेर निर्णय आउँछ-ओली


abc news

काठमाडौ १५ साउन । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहितको टोलीले प्रदेशमा विकसित पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएका छन्।

गएराति एमाले बागमती प्रदेश कमिटी इञ्चार्ज डा राजन भट्टराई नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराएका हुन्।

प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस पार्टी संसदीय दलमा विश्वासको मत गुमाएर इन्द्र बानियाँ संसदीय दलको नेता निर्वाचित भएको र सो पछि उत्पन्न राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराएको बताइएको छ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूमाझ प्रदेशको विकसित नयाँ राजनीतिक परिस्थितिका सम्बन्धमा रिपोर्टिङ र छलफल भयो, दलका नेता थपलियाले भने, यस्तो अव्स्थामा अब एमाले कसरी अघि बढ्ने भन्ने निर्देशन प्राप्त भएको छ। अध्यक्षज्यूबाट प्राप्त निर्देशन अनुसार नै हामी अघि बढ्ने छौं।

आफूहरुले बागमतीको समस्याका विषयमा रिपोर्टिङ गराएको बताउँदै नेता थपलियाले थपे, अध्यक्ष ज्यु ले सत्तारुढ दल नेपाली कांग्रेस सभापतिसँग यस विषयमा छलफल गरेर मात्रै राजनीतिक निर्णय गरिने जानकारी दिनुभएको छ। त्यसपछि मात्र हामी प्रदेशमा कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्छौं। त्यसका लागि पनि केन्द्रीय सर्कुलर आवश्यक पर्छ।

हिजो दिउँसो एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसेर कांग्रेसको पार्टीगत निर्णय मान्ने साझा धारणा तय गरेका दलका नेता थपलियासँगै एमालेका नेताहरू राति नै प्रधानमन्त्री भेट्न पुगेका हुन्।

प्रधानमन्त्रीसँगको भेटमा एमाले बागमती प्रदेश इन्चार्ज भट्टराई, संसदीय दलका नेता थपलियासहित एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल र एमाले बागमती प्रदेश संसदीय दलका सचेतक मधुसुदन पौडेलको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com