काठमाडौ १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।
दुई नेताबीच मन्त्रिपरिषद् हेरिफेरको विषयमा छलफल हुने बताइएको छ।
सरकार गठनको एक वर्ष पूरा भइसकेपछि यसबारे समीक्षा गर्दै मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री ओली लागेका छन्।
यसका लागि उनले प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापतिसँग छलफलमा जुटेका हुन्।
छलफलमा एमालेका तर्फबाट ओलीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र रमेश बडाल छन् भने कांग्रेसका तर्फबाट देउवासहित उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन्।







प्रतिक्रिया दिनुहोस्