काठमाडौ १५ साउन । गुल्मीमा पहिरोका कारण कालीगण्डकी सडक पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहान कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पूर्तिघाटबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।







प्रतिक्रिया दिनुहोस्