ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजाको भविष्यबारे अमेरिकासँग दीर्घकालीन योजना नभएको सहयोगी राष्ट्रहरूको बुझाइ


abc news

काठमाडौ १५ साउन । गाजाको भविष्यको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग स्पष्ट दीर्घकालीन योजना नभएको भन्दै अमेरिका निकटका सहयोगी राष्ट्रहरू कूटनीतिक रूपमा टाढिँदै छन् ।

क्यानडा, फ्रान्स र बेलायतले शर्तसहित प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेपछि अमेरिकी प्रशासनले यो विषय बहिष्कार गरेको बीबीसीले जनाएको छ ।

फ्रान्स र साउदी अरेबियाको नेतृत्वमा अमेरकाको न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी युरोपेली र अरब देशहरूले दुई–राष्ट्र समाधानको पक्षमा नयाँ पहल गरेका छन् । तर ट्रम्प प्रशासनले यसलाई प्रचारको नाटक भएको बताउनुभयो ।

पूर्वअमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले सन् २०२३ नोभेम्बरमा जापानको टोकियोमा गाजा युद्धपछिको भविष्यका लागि केही सिद्धान्तहरू प्रस्ताव गर्नुभएको थियो । जबरजस्ती स्थानान्तरण नगर्ने, इजरायली पुनः अधिनायक नबनाउने, गाजामाथि नाकाबन्दी नलगाउने, प्यालेस्टिनी प्राधिकरणको संलग्नता रहने र हमासको भूमिका नहुनेजस्ता बुँदाहरू छन् ।

ट्रम्प प्रशासनको पछिल्लो नीति इजरायल सरकारसँग झन् मिल्दोजुल्दो देखिन थालेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको भविष्यमा प्यालेस्टिनी अधिकार अस्वीकार गर्नुभएको छ ।

इजरायलका चरम दक्षिणपन्थी नेताहरूले स्थायी सैन्य अधिनायक, प्यालेस्टिनीहरूको निष्कासन र यहूदी बस्ती विस्तारको मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com