ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसमा शक्तिशाली भूकम्प: प्रशान्त महासागरमा १३ फिट अग्ला छाल आउने चेतावनी


abc news

काठमाडौ १४ साउन । रुसमा गएको शक्तिशाली भूकम्पका कारण दक्षिण प्रशान्त महासागरमा अवस्थित देश फ्रेन्च पोलिनेसियाको मार्केसस द्वीप समूहमा सुनामी आउने चेतावनी जारी गरिएको छ।

स्थानीय अधिकारीहरूले आगामी केही घण्टामा चार मिटरसम्म अर्थात् लगभग १३ फिट अग्ला छाल आउने अनुमान गरिएको बताएका छन्।

अधिकारीहरूका अनुसार यी छाल उआ हुका, नुकु हिवा र हिवा ओओ टापुमा ठोक्किने सम्भावना छ।

यसैले यस क्षेत्रमा बस्ने मानिसहरूलाई उच्च स्थानमा सर्न सल्लाह दिइएको छ।

नुकु हिवा प्रशान्त महासागरमा अवस्थित मार्केसस द्वीप समूहको सबैभन्दा ठूलो टापु हो।

फ्रान्सेली पोलिनेसियाका बाँकी भाग भने खाली गर्न आवश्यक छैन, तर मानिसहरूलाई समुद्र तट, किनार र नदीकिनारबाट टाढा रहन भनिएको छ।

रुसको सुदूरपूर्वी तटनजिकै बुधबार बिहान ८।७ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरमा रुसको सीमाना जोडिएका धेरैवटा देशमा सुनामीको खतरा बढेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुस, जापान र अमेरिकामा सुनामीको डरले सुरक्षित स्थानमा सरिरहेका छन्। क्यानडा, इक्वेडर, पेरु, मेक्सिको, न्युजिल्यान्ड, चीन, फिलिपिन्स, ताइवान र इन्डोनेसियामा पनि सुनामीको चेतावनी जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com