काठमाडौ १३ साउन । नेपाल र भारतबीच सीमा व्यवस्थापनसम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने नेपाल(भारत सीमा कार्यसमूह ९बीडब्ल्यूजी०को ७ औँ बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ।
बैठकले सन् २०१९ अगस्टमा देहरादूनमा सम्पन्न छैटौं बैठकका निर्णयहरूको कार्यान्वयन तथा सोही वर्ष सेप्टेम्बरमा सम्पन्न एघारौं सर्वे अधिकृत समितिको बैठकको कार्य प्रगतिमा समीक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यस्तै नेपाल(भारत सीमामा रहेका सीमा स्तम्भहरूको निरीक्षण, मर्मत तथा मर्मतसम्भारका लागि अद्यावधिक कार्यविधिहरू स्वीकृत गर्दै सीमा सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउनुपर्नेमा पनि सहमति भएको बताइएको छ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतका सर्वेयर जनरल हितेश कुमार एस मकवानाले गरेका थिए।
सन् २०१४ मा गठन गरिएको कार्यसमूहको कार्यक्षेत्रमा सीमा स्तम्भहरूको निर्माण, पुनर्निर्माण, मर्मत तथा अन्य प्राविधिक कार्यहरू पर्दछन्।







प्रतिक्रिया दिनुहोस्