ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविलक्षित ओलीको आक्रोश : ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भन्ने ?


abc news

काठमाडौ १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने थुनामा जानुमा सरकारको हात नरहेको प्रतिक्रिया दिएका छन् ।

धनगढीमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लामिछानेमाथि सरकारले प्रतिशोध लियो भन्ने कुरा निराधार रहेको टिप्पणी गरेका हुन् ।

‘विभिन्न किसिमका अपराध गर्यो अनि सरकारलाई गाली गर्‍यो, सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन, ठगी गरेपछि अदालतले थुन्छ त, गर्ने बेलामा नचाहिने काम गर्ने, गर्ने बेलामा आँखा नदेख्ने, अनि पछि लौ प्रतिशोध, के को प्रतिशोध रु’, उनले प्रश्न गरेका छन् ।

संगठित सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि रुपन्देही कारागारमा रहेका रास्वपा सभापति लामिछानेलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले उनीमाथि आफूले कुनै प्रतिशोध नराखेको दाबी गरे ।

बरु आफूले नै लामिछानेलाई स्थापित गरेको उनको तर्क छ । ‘मैले बनाएको हो गृहमन्त्री, मैले ल्याएको हो राजनीतिमा, के को प्रतिशोध रु’, उनले भने ।

लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सञ्चालन गरिरहेको हस्ताक्षर अभियानप्रति समेत प्रधानमन्त्री ओलीले कटाक्ष गरे ।

‘असभ्य ढंगले बोल्या छ, तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लाग्या छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन गयो भने, म उहाँहरुलाई सचेत गराउन चाहन्छु, हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला ।’

रास्वपाले नागरिक, पेशाकर्मी, कलाकर्मी लामिछानेको पक्षमा भनेर संकलन गरिरहेको हस्ताक्षर किर्ते भएको आरोप प्रधानमन्त्री ओलीले लगाएका छन् ।

‘दुई–चार जनालाई सही गरायो, घरमा गएर दनादन दनादन हस्ताक्षर क्याम्पेन, अहिले त कति हो लाख भन्छन्’, ठट्यौलीमा पारे ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com