ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले पोलिटब्यूरो बैठकबाट विधान संशोधन प्रस्ताव पारित : भण्डारीको सदस्यता नवीकरणबारे निर्णय भएन


abc news
श्रावण ४, २०८२ आईतबार  १० : ५० बजे

काठमाडौ ४ साउन । एमालेको पोलिटब्यूरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ । पार्टी कार्यालय च्यासल, ललितपुरमा हिजो बेलुका सम्पन्न चौथो पूर्ण बैठकले केन्द्रीय सचिवालय बैठकबाट पारित गरिएको विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेश गर्नुभएको थियो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विधान संशोधन प्रतिवेदनमा ६८ जना पोलिटब्यूरो सदस्यले आफ्नो राय राख्नु भएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।

विधानमा पार्टीभित्र सङ्गठित सदस्यता र पार्टी सदस्यता गरी दुई व्यवस्था राख्ने, ७० वर्षे उमेर हद र दुई कार्यकाल नेतृत्वमा रहने व्यवस्थालाई खारेज गर्ने प्रावधान राखिएको उहाँले जानकारी दिनुभयो । यस्तै, जिल्ला कमिटी कार्यकारी कमिटीकै रूपमा लैजाने विधानमा सहमति भएको छ ।

पूर्वराष्टपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टीको सक्रिय राजनीतिमा आउने विषयमा पनि बैठकमा छलफल भएको तर सदस्यता नवीकरणका बारेमा थप निर्णय नगरिएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । उच्च तहमा पुगेका र संविधानको संरक्षक भइसकेका व्यक्ति राजनीतिमा सक्रिय हुने कुरा गम्भीर विषय रहेकाले यसमा पार्टीले आवश्यक परामर्श गरेर उचित समयमा निष्कर्ष दिने उहाँले बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीका विषयमा केन्द्रीय कमिटी बैठकमा पनि छलफल हुने भएको छ । पारित विधान संशोधन प्रस्ताव भोलि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ । एमालेको विधान महाधिवेशन आउँदो भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्की आयोगको प्रतिवेदनमा देउवा, प्रचण्ड, बालेन र ओलीको बयान : ‘मेरो घरमा पैसा भेटिएको भिडियो एआई जेनेरेटेड हो’–देउवा

यी हुन् कार्की आयोगको कारबाही सिफारिसमा परेका सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरका उच्च अधिकारीहरू (विस्तृत सूची)

सम्बन्धित

कार्की आयोगको प्रतिवेदनमा देउवा, प्रचण्ड, बालेन र ओलीको बयान : ‘मेरो घरमा पैसा भेटिएको भिडियो एआई जेनेरेटेड हो’–देउवा

यी हुन् कार्की आयोगको कारबाही सिफारिसमा परेका सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरका उच्च अधिकारीहरू (विस्तृत सूची)

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

U.S. Congratulates Rabi Lamichhane After Landmark Electoral Victory

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com