योग्यताबारे विवाद भएपछि बीमा प्राधिकरण अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन भएको छ । समिति गठन भएसँगै ओझा प्राधिकरणको अध्यक्षबाट निलम्बनमा परेका छन् ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले ओझामाथि छानबिन गर्न समिति बनाएको हो । पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा गठन भएको तीन सदस्यीय समितिलाई एक महिनाको समयावधि दिइएको छ ।
छानबिन समिति गठन भएपछि यस्तो अविधभर अध्यक्षको पद निलम्बन हुन्छ । छानबिनबाट दोषी ठहरिएमा ओझा पदबाट बर्खास्त हुनेछन् । ओझालाई सरकारले गएको फागुनमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।
ओझासँग प्राधिकरणका लागि आवश्यक पर्नेभन्दा फरक योग्यता रहेको, बीमा ऐेनले तोकेको विज्ञता नभएको र पेश गरेको अनुभवसम्बन्धी कागजात सही नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।







प्रतिक्रिया दिनुहोस्