काठमाडौं । सागर केरुङको लेखन, निर्देशन तथा मुख्य अभिनय रहेको लिम्बू भाषाको चलचित्र “चे”ले विशेष चलचित्र पृुरस्कार ०८१ जित्न सफल भएको छ ।
चलचित्र विकास बोर्डद्धारा आज राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा चलचित्र “चे”ले उक्त पुरस्कार प्राप्त गरेको हो । राजनीतिक सन्दर्भमा बनेको सो चलचित्रमा आदिवासी समुदायका समाधिस्थलमाथि भइरहेको आक्रमणलाई मुख्य रुपमा उठान गरिएको छ । यसअघि सम्पन्न पाचौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२’ मा चलचित्र ‘चे’ ले उत्कृष्ट चलचित्र र सागर केरुङले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका थिए ।
यसबर्षको उत्कृष्ट अभिनेताको पुरस्कार ‘पूर्णबहादुरको सारंगी’बाट विजय बराल र उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपासनासिंह ठकुरीले ‘खुस्मा’ फिल्मबाट जितेका छन् ।








प्रतिक्रिया दिनुहोस्