काठमाडौं, ३० असार । अलस्टार ई स्पोर्टसले आयोजना गरेको ई स्पोर्टस सोडाउन –२०२५ अन्तरगत एक दिने ई स्पोर्टस फुटवलमा रिजवान श्रेष्ठ विजयी भएका छन् । आशिष केसी उपविजेता बनेका छन् । त्यसैगरि, पब्जी मोवाइल, मोवाइल लेजेन्स खेल भने जारी छ । खेल असार ३१ गतेसम्म संचालन हुनेछ । खेलमा विजेतालाई नगद पुरस्कार सहित मेडल सटिफिकेटस्, ट्रफीले सम्मान गरिएको आयोजकले जनाएको छ ।
पछिल्लो केही समययता ई–स्पोर्टस्को लोकप्रियता बढ्दै गएको छ । ‘ई–स्पोर्टस्’ भनेको विद्युतीय माध्यमबाट खेलिने खेल हो । विज्ञान र प्रविधिको विकाससँगै ई–स्पोर्टस् विश्वव्यापी रुपमा फैलिरहेको र अमेरिका जापान, कोरिया, चीन भारतजस्ता देशहरुमा व्यवसायिक ई–स्पोर्टस् सबैभन्दा बढी खेलिने भएकाले नेपालमा पनि यसको सुरुवात गरिएको छ ।
त्यसपछि टीभी गेमहरु भयो, भिडिओ गेमहरुबाट सुरुवात हुँदै गएपछि सन् २००० को दशकपछि यसको विस्तृत रुपमा विकास भएको पाइन्छ । विश्वमा यसको अवस्थाको बारेमा कुरा गर्नुपर्दा लगभग ६०–७० देशमा स्पोर्टस्को रुपमा यसलाई सरकारले मान्यता दिइसकेको छ । नेपालमा पनि शिक्षा सगै ई खेललाई पनि संगसगै लैजान उक्त खेलको आयोजना गरिएको अलस्टर ई स्पोर्टस संस्थाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्