ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन अहिले आइफोन किन्नु हुँदैन ?


ABC News

प्रविधि जगतमा सबैभन्दा नयाँ र उत्कृष्ट उत्पादन सामान्यतया सेप्टेम्बरमा बाहिर आउँछ, यसको अर्थ अहिले एप्पल ग्याजेट किन्नु राम्रो समय होइन। यदि तपाईंले केही महिना पर्खन सक्नुहुन्छ भने, राम्रो ट्रेड–इन डीलहरू र मूल्यको गिरावटले तपाईंलाई पर्खिरहेका छन्। ट्यारिफहरूले सबै प्रकारका खरिद निर्णयहरूमा अवरोध ल्याएका छन्, तर पनि यो पर्खनु पर्ने समय हो । चाहे एप्पलले आफ्ना उत्पादनमा मूल्य बढाए पनि। धेरैजसो आधुनिक ग्याजेटहरूजस्तै, आइफोनहरूको पनि म्याद सकिने मिति हुन्छ। जति नयाँ मोडल, त्यति लामो समयसम्म तपाईंले सफ्टवेयर अपडेटहरू प्राप्त गर्न सक्नुहुन्छ।

एप्पलले आउँदै गरेका उत्पादनहरूबारे सार्वजनिक रूपमा धेरै कुरा कहिल्यै भन्दैन, तर द वाल स्ट्रिट जर्नलले रिपोर्ट गरे अनुसार अब पातलो आइफोन मोडल चाँडै आउँदैछ। र एप्पल वाच, एयरट्यागहरू र अन्य सामानहरूको लागि अपडेटहरू पनि बाँकी छन्।

अब, यो वर्षको ठूलो प्रश्नः ट्यारिफहरूको असर के हुनेछ भन्ने हो श, अवस्था निरन्तर परिवर्तन भइरहेको छ। स्मार्टफोनहरू र अन्य प्राविधिक उत्पादनहरू शुरूमा छुट थिए, तर राष्ट्रपति ट्रम्पले मेमा ग्याजेट आयातका लागि नयाँ शुल्कको धम्की दिर्दै उनले एप्पलले अमेरिका मै आइफोन बनाउनु पर्छ भनेका छन् । हालसम्म, एप्पलले अतिरिक्त लागतहरू समाहित गरेको छ, तर जर्नलले रिपोर्ट अनुसार कम्पनीले आफ्नो शरद ऋतुको लाइनअपको लागि मूल्य वृद्धि गर्ने विचार गरिरहेको छ।

मानक आइफोन र आइफोन प्रो मोडलहरूको मूल्य क्रमशः ७९९ डलर र ९९९ डलर मा कम्तीमा २०२० देखि स्थिर छ। यो वर्षको एप्पल ग्याजेटहरूको सबैभन्दा महत्त्वपूर्ण अपडेट मूल्य ट्यागमा हुन सक्छ।

त्यसोभए, हामीले अर्को आइफोनबाट के अपेक्षा गर्छौं ? र एप्पलको बाँकी लाइनअपबाट ?

आइफोन

नयाँ आइफोन १६ ? अहिले होइन। सेप्टेम्बरमा रिलीज हुने एप्पलको स्मार्टफोनले ठूलो रातो स्टप साइन पाउँछ, किनकि अर्को पुस्ताको मोडलहरू नजिकै छन्।

विगत केही वर्षका आइफोन अपडेटहरू त्यति रोमाञ्चक थिएनन्। “डायनामिक आइल्याण्ड।” यो आउँदो शरदमा भने, हामीले फरक फारम फ्याक्टर देख्न सक्छौं, डी.ए. डेभिडसनका वरिष्ठ प्राविधिक विश्लेषक गिल लुरियाले बताका छन्। उनले सुपर–पातलो आइफोन १७ ‘एयर’ र प्रो म्याक्सको ठूलो स्क्रिनको बारेमा चर्चाहरु भइरहेको औंल्याएका छन् । तैपनि, “हामीले केही मिलिमिटरको कुरा गरिरहेका छौं,” लुरियाले भने।

यदि तपाईं फ्लिपिङ र फोल्डिङ आइफोनको पर्खाइमा हुनुहुन्छ भने, धेरै आशा नराख्नुहोस्। जर्नलले रिपोर्ट गरे अनुसार त्यो सम्भवतः अर्को वर्षसम्म आउने छैन।

नयाँ उपकरण किन्नुअघि, पहिले आउँदै गरेको अपरेटिंग सिस्टम, ष्इक् द्दट डाउनलोड गर्नुहोस्, जुन यो शरदमा पनि आउनेछ। अपडेटले तपाईंको पुरानो फोनमा नयाँ जीवन र कार्यक्षमता ल्याउन सक्छ। लिक्विड ग्लास पेन्टको नयाँ कोट, सुधारिएको समूह च्याटहरू र स्प्याम कल स्वतः जवाफ दिने कुराको भने अपेक्षा गर्नुहोस्। यसमा केही एआई अपग्रेडहरू पनि समावेश छन्, तर पहिले घोषणा गरिएको सिरी पूर्ण रुपमा अझै हराइरहेको छ।

एप्पल वाच

एप्पल वाचले पनि, विगतका केही पुस्ताहरूमा केवल वृद्धिगत सुधारहरू देखेको छ। डबल ट्याप। अलि पातलो, ठूलो स्क्रिन। तापमान।

एप्पलले आफ्नो अर्को पहिरन योग्य उपकरणमा स्वास्थ्य सेवाहरूलाई निरन्तरता दिनेछ, आइडीसीका डेटा र विश्लेषणका उपाध्यक्ष फ्रान्सिस्को जेरोनिमोका अनुसार। मिडिया रिपोर्ट अनुसार एप्पलले नाडीमा आधारित रक्तचाप मापन उपकरण विकास गरिरहेको छ। यो सुविधा यो शरदमा डेब्यू हुन सक्छ।

जेरोनिमोले यो पनि नोट गरेका छन् उच्च–अन्त(हाइइन्ड)को अल्ट्रा मोडल अझै राम्रो बिक्री भइरहेको छ, तर एप्पलले साहसिक स्मार्टवाचमा सुविधाहरू थप्नु पर्छ, जस्तै नयाँ आइफोनहरूमा पाइने आपतकालीन स्याटलाइट कनेक्टिभिटी।

एयरट्यागहरु

एप्पलले आफ्नो लोकप्रिय ट्र्याकरलाई २०२१ देखि अपडेट गरेको छैन। र टीएफ इन्टरनेशनल सेक्युरिटीजका विश्लेषक मिङ ची कुओले कम्पनीले यो वर्ष दोस्रो पुस्ताको एयरट्याग लन्च गर्ने बताए।

नयाँ ट्र्याकरमा नयाँ आइफोन र एप्पल वाच मोडलहरूमा पाइने लामो दूरीको दोस्रो पुस्ताको अल्ट्रा वाइडब्यान्ड चिप समावेश हुन सक्छ।

एयरपड्स

नयाँ एयरपड्सको लागि पर्खनु पर्छः रिपोर्टहरू मिश्रित छन्। तीन वर्षअघि अन्तिम अपडेट गरिएको एयरपड्स प्रो रिफ्रेशको लागि बाँकी छ। इयरबड्सले नयाँ सफ्टवेयर ट्रिकहरू प्राप्त गरेका छन्, जस्तै हियरिङ–एड मोड। आउँदै गरेको आइओएस २६ मा, तपाईंले एयरपड्सको स्टेम थिचेर टाढाबाट क्यामेरा ट्रिगर गर्न सक्नुहुन्छ।

एप्पलको बारेमा लामो समयदेखि जानकारी दिने स्रोत कुओले प्रोमा २०२६ सम्म महत्त्वपूर्ण परिवर्तनहरू नहुने बताए। उनले ओभर इयर एयरपड्स म्याक्समा २०२७ सम्म अपडेटहरू नहुने भविष्यवाणी गरेका छन् । यद्यपि, ब्लूमबर्गका मार्क गुरम्यानले प्रो प्रिमियम इयरबड्समा यो वर्ष नयाँ डिजाइन र चिप देखिने रिपोर्ट गरेका छन् ।

एप्पलले एयरपड्सलाई स्वास्थ्य उपकरणको रूपमा अध्ययन गरिरहेको छ, र कम्पनीको हालैको पावरबीट्स प्रो २ इयरबड्समा हृदय गति निगरानी समावेश छ।

आइप्याड

आधारभूत आइप्याड वा स्टेप–अप आइप्याड एयर मोडलहरू, जुन हामी धेरैजसोलाई सिफारिस गर्छौं, अहिले किन्न सुरक्षित छन्। दुबैमा नयाँ २०२५ चिपहरू छन्। अपवादः नयाँ उच्चस्तरको आइप्याड प्रो नजिकै हुन सक्छ। नवीनतम प्रो मोडलहरू मे २०२४ बाट उपलव्ध छन्, र नयाँ संस्करणले एप्पलको अर्को पुस्ताको एम ५ चिप उपलव्ध गराउन सक्छ।

म्याक

लोकप्रिय म्याकबुक एयर सुरक्षित छ। यसले केही महिनाअघि छिटो चिप, सुधारिएको वेबक्याम र दोब्बर आए प्राप्त गर्यो। एप्पलले यो वर्ष म्याक स्टुडियो, प्रोहरूका लागि लक्षित डेस्कटप मेसिन, पनि अपडेट गर्यो।

सबैभन्दा हालको म्याकबुक प्रोहरु, आइम्याक, र म्याक मिनी रिलीजहरू अक्टोबर २०२४ मा चिप अपडेटहरू थिए।

विभिन्न मिडिया रिपोर्टका आधारमा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com