काठमाडौं २७ असार । नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्रलाई गतिशिल बनाउन लचिलो मौद्रिक नीति ल्याएको छ।
केन्द्रीय बैंकले नीतिगत दर ५ प्रतिशतबाट ४।५ प्रतिशत र स्थायी तरलता दर ६ प्रतिशतमा घटाएको छ।
आगामी आर्थिक वर्षमा निजी क्षेत्रलाई प्रवाह हुने कर्जा १२ प्रतिशत वृद्धि र आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।
२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्र गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याएको छ ।
केन्द्रीय बैंकले राष्ट्रिय परिदृष्य पनि मध्यनजर गर्दै लचिलो मौद्रिक नीति ल्याएको हो ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले नीतिगत दर घटाएको छ । केन्द्रीय बैंकले स्थायी तरलता दर अर्थात् बैंक दर ०।५ प्रतिशत बिन्दुले घटाइ ६ प्रतिशतमा झारेको छ ।
त्यसैगरी नीतिगत दर ५ प्रतिशतबाट घटाइ ४।५ प्रतिशत बनाइएको छ । साथै, केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाइ २।७५ प्रतिशत बनाइएको छ ।
त्यसैगरी आगामी आवको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि १२ प्रतिशत प्रक्षेपण गरेको छ ।
अधिक तरलताले ब्याजदर घटाएको सहज परिस्थितिमा मौद्रिक नीतिको कार्यदिशा लचिलो अवलम्बन गरिएको गभर्नर प्रा। डा। विश्वनाथ पौडेलले बताए ।
सरकारले आगामी आवको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ भने मूल्यवृद्धि ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ ।








प्रतिक्रिया दिनुहोस्