ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिचान, प्रतिनिधित्व र पहुँच नै संघीयताको मूल मर्म : मुख्यमन्त्री भट्ट


admin

कैलाली, १३ चैत । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पहिचान, प्रतिनिधित्व र पहुँच नै संघीयताको मूल मर्म रहेको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं ७ समन्वय परिषद्ले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले भन्नुभयो – “संघीयतालाई संस्थागतरुपमा विकास गर्नका लागि पहिचान र पहुँचलाई मध्यनजर गरी सबैले आ आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्दछ ।”

मुख्यमन्त्री भट्टले प्रदेशको कानून बनाउँदा सम्बन्धित सबै तहस्तरका व्यक्तिलाई बोलाएर छलफल तथा बहस गरिने पनि बताउनुभयो ।

पहिचानको आन्दोलनले उत्थान गरेको वैज्ञानिक सीमांकनका लागि प्रदेशस्तरबाटै छलफल गरी कार्यान्वयन गर्नुपर्ने, आदिवासी जनजातिको भाषा, संस्कृति, कला सीपको उत्पत्ति र विकासलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि छुट्टै ऐन कानून बनाइ कार्यान्वयन गर्नुपर्ने माग सो ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै प्रदेशको सरकारी कामकाजको भाषा खस नेपालीसहित थारु भाषालाई तोकिनुपर्ने, माध्यमिकदेखि उच्च शिक्षासम्म मातृभाषा शिक्षालाई अनिवार्य विषय बनाउनुपर्ने, आदिवासी र थारु आयोगलाई संवैधानिक आयोगकारुपमा प्रदेशबाटै सिफारिश गर्नुपर्नेलगायतका माग ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

काठमाडौं, ९ जेठ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

चितवन ९ जेठ । भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा नै मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदेवार रहेका रेनु दाहाल र

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

काठमाडौं, ९ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी विजयी भएका छन् ।घण्टाघर चुनाव चिह्नबाट निर्वाचन लडेका साहले १३४६५ मत पाए

सम्बन्धित

कष्टकर जीवन बिताउँदै वनहराका सुकुम्बासी

भीमदत्तलाई बाह्रसिङ्गाको नगरका रुपमा चिनाउने अभियान सञ्चालन

पर्यटकीय क्षेत्रको विकासबाट नै मुलुक समृद्ध हुन्छः मन्त्री आले

कैलालीमा बन्दुकसहित तीन पक्राउ

बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प

कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com