काठमाडौ १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले शान्ति प्रक्रियासँग सम्बन्धित विषय टुंगो लगाउने बताएका छन्।
बिहीबार संघीय संसदका दुबै सदनको सयुक्त बैठकमा आर्थिक वर्ष २०८२र०८३ को बजेट सार्वजनिक गर्दै उनले शान्ति पक्रिया र संक्रमणकालीन सम्बन्धि बाँकी काम सम्पन्न गरिने बताए।
‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई क्रियाशील बनाइनेछ।
घाइते अपाङ्ग तथा अशक्तहरूको सरकारी अस्पतालहरूमा निःशूल्क उपचार गर्ने व्यवस्था मिलाइनेछ,’ पौडेलले भने, ‘सशस्त्रकालमा भएका घटनाहरूको छानबिन, राहत र परिपूरणका लागि कोष स्थापना गर्न एक अर्व विनियोजन गरेको छु।’







प्रतिक्रिया दिनुहोस्