काठमाडौ १५ जेठ । सरकारले मध्यपहाडी पुष्पलाल राजमार्गमा नयाँ १० सहर बनाउन १ अर्ब ७० करोड विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलका अनुसार स्थानीय पुल तथा झोलुङ्गे पुल निर्माणका लागि बजेट विनियोजन गरिएको छ। यस वर्ष २०० वटा झोलुङ्गे पुल सम्पन्न हुने छ।
यस्तै, नागरिक आवास निर्माणका लागि ७५ करोड बिनियोजन गरिएको छ।
सहरी विकास मन्त्रालयका लागि १ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको मन्त्री पौडेलले बताए।







प्रतिक्रिया दिनुहोस्