काठमाडौ १५ जेठ । सरकारले विकास मन्त्रालयको बजेट ह्वात्तै बढाएको छ।
चालू आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड रुपैयाँ विनियोजन भएकोमा ह्वात्तै बढाएर सहरी विकास मन्त्रालयकालागि १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन गरिएको हो।
आर्थिक वर्ष २०८०र०८१ मा ६६ अर्ब १७ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएको थियो। २०७९र०८० मा ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै रहेको थियो।
सरकारले मध्य पाहाडी क्षेत्रका १० शहरकालागि १ अर्ब ७० करोड विनियोजन गरिएको छ। पूर्व(पश्चिम जोडिएको मध्य पाहाडी राजमार्गमा निर्माणाधिन १० सहरको भौतिक पूर्वधार निर्माण गर्न १ अर्ब ७० करोड विनियोजन गरेको हो।
सर्वोच्च अदालत र संसद भवन निर्माण सकिने भएको छ।







प्रतिक्रिया दिनुहोस्