काठमाडौ १५ जेठ । सरकारले सीमान्तकृत मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सा शिक्षामा छात्रवृत्ति दिने भएको छ।
बिहीबार आर्थिक वर्ष २०८२र०८३ को बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि रकमको समेत घोषणा गरे।
‘मुसहर, डोम र चमार समुदायलाई चिकित्सक शिक्षा छात्रावृत्तिका लागि २ अर्ब ४४ करोड विनियोजन गरेको छु,’ उनले भने। त्यस्तै उच्च शिक्षालाई अनुसन्धानलक्षित बनाइने र अध्ययनका लागि मुलुकबाहिर जानेक्रम रोक्ने समेत बजेटमा उल्लेख गरिएको छ।
सहिद दशरथ चन्द विश्वविद्यालय सञ्चालनमा ल्याइने र केही विद्यालयममा विदेशी विद्यार्थीलाई पनि लक्षित गरेर निःशुल्क भिसा दिने व्यवस्था मिलाइने समेत अर्थमन्त्री पौडेलले उल्लेख गरे।
सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई पनि निरन्तरतता दिएको छ।







प्रतिक्रिया दिनुहोस्