ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनमाथि आक्रमण नरोके रुसको पतन हुने ट्रम्पको चेतावनी


abc news
जेष्ठ १२, २०८२ सोमबार   १२ : २७   बजे

काठमाडौ १२ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका छन् । उनले पूरै युक्रेन रुसमा समाहित गर्ने उद्देश्य राखेर पुटिनले आक्रमण गरिरहेको भन्दै ट्रम्पले यदि त्यसो गरे रुसको पतन हुने चेतावनी समेत दिएका छन् ।

रुसले पछिल्लो पटक युक्रेनमा गरेको आक्रमणबाट एकैदिनमा पत्रकारहरुसहित ३० जनाको मृत्यु भएको विवरण आइरहेका छन् ।

अहिलेसम्मकै भिषण भनिएको यो आक्रमणको सन्दर्भमा ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘मैले सधैं भन्दै आएको छु कि पुटिनले युक्रेनको एउटा टुक्रा मात्र होइन, पूरै युक्रेन चाहन्छन् । सायद अहिले यो पुष्टि हुँदै गएको छ । तर यदि उनले यस्तो चाहना राखेमा रुसको पतन हुनेछ ।’

ट्रम्पले पुटिनलाई ‘सन्की’को संज्ञा दिँदै थप लेखेका छन्, ‘पुटिनसँग मेरो सधैं राम्रो सम्बन्ध रह्यो । तर अहिले उनलाई केही भएको छ । उनले विनाकारण धेरै मानिसलाई मारिरहेका छन् । मैले केवल सैनिकको कुरा गरिरहेको छैन, विनाकुनै कारण युक्रेनका शहरहरुमा मिसाइल र ड्रोन प्रहार गरिरहेका छन् ।’

रुसले युक्रेनमाथि आक्रमण नरोके अझै धेरै प्रतिबन्ध लगाउने चेतावनी पनि ट्रम्पले दिएका छन् ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीको पनि आलोचना गरेका छन् । जेलेन्सीका अभिव्यक्तिले उनको देशको भलाइ नहुने ट्रम्पको भनाइ छ ।

ट्रम्पले लेखेका छन्, ‘जेलेन्स्कीले जसरी कुरा गर्छन्, त्यसबाट उनको देशको भलाइ हुँदैन । उनको मुखबाट निस्किने हरेक कुराले समस्या पैदा गर्दछ । मलाई यो मन पर्दैन । यसलाई रोक्नु नै राम्रो हुन्छ ।’

पछिल्लोपटक रुसले युक्रेनमा आक्रमण गरेपछि जेलेन्स्कीले अमेरिका चुप लागेर युक्रेनमाथि आक्रमण गर्न रुसलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group