काठमाडौं, ११ जेठ । राजसंस्था पक्षधरहरूले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा पुगेका छन् ।
उनी दुई हप्ते बसाइका लागि दमक–९ स्थित हिमालयन महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा पुगेका हुन। अपराह्न ४ बजेको बुद्ध एयरको विमानबाट उनी झापा पुगेको हुन । पूर्वराजाको सुरक्षाको लागि सशस्त्र प्रहरी बल, नेपालको टोली दुई दिनअघि नै काठमाडौँबाट हिमालय महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा पुगेको छ। हिमालय महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा केही दिनदेखि पूर्वराजाको परिवारका सदस्यहरूको आउनेजाने क्रम चलिरहेको बताइएको छ।








प्रतिक्रिया दिनुहोस्