ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धपोत परीक्षणका क्रममा दुर्घटना भएपछि उत्तर कोरियाका तीन जना अधिकारी पक्राउ


abc news
जेष्ठ ११, २०८२ आईतबार   १ : ४१   बजे

काठमाडौ ११ जेठ । नयाँ युद्धपोत परीक्षणका क्रममा दुर्घटना भएपछि उत्तर कोरियाका तीन जना अधिकारी पक्राउ परेका छन् ।

गएको बुधवार नयाँ युद्धपोत परीक्षणका क्रममा भएको दुर्घटनाका विषयमा शीपयार्डका तीन जना अधिकारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा चोङजिन शीपयार्डका मुख्य इन्जिनियर, शीपयार्डका निर्माण प्रमुख र एक प्रशासनिक प्रबन्धक रहेका छन् । युद्धपोत पूर्वी बन्दरगाह शहर चोङजिन शिपयार्डमै निर्माण गरिएको थियो । युद्धपोतलाई ठूलो निलो त्रिपालले छोपिएको तस्वीरमा देखिन्छ ।

झन्डै पाँच हजार टन तौल भएको युद्धपोतको तल्लो भाग प्रक्षेपणका क्रममा भाँचिएको थियो । उत्तर कोरियाली नेता किम जोङ उनले यो घटनालाई आपराधिक कार्य भन्नुभएको थियो ।

युद्धपोत प्रक्षेपण समारोहमा उत्तर कोरियाली नेता उन पनि सहभागी हुनुहुन्थ्यो । उहाँले जिम्मेवार अधिकारीहरूको गैरजिम्मेवार गल्तीलाई अर्को महिना बोलाइने पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा सम्बोधन गरिनेसमेत बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group