ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले रोल्पाको थबाङदेखि बागलुङको ढोरपाटनसम्म के के गरे ?


ABC News

बागलुङ ८ जेठ । बैतडीको पाटनबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सम्पन्न गरी गण्डकी प्रदेशको बाग्लुङमा प्रवेश गरेको छ।

प्रचण्डको टोलीलाई बागलुंग रोल्पा र रुकुम सिमाना पाती हाल्ने डांडामा स्वागत

अभियान टोलीलाई बाग्लुङको निसिखोला क्षेत्रमा बाजागाजासहित भव्य रूपमा स्वागत गरिएको निसीखोला पालिका उपाध्यक्ष प्रेम घर्तिले बताए ।


सो अवसरमा लुम्बिनी प्रदेशका इन्चार्ज बलदेव खनाल नेतृत्वको टोलीले गण्डकी प्रदेशका इन्चार्ज दिनानाथ शर्माको नेतृत्वमा रहेको टोलीलाई औपचारिक रूपमा झन्डा हस्तान्तरण गरेको थियो।
आज बागलुंगको बुर्तिबांग, गल्कोट र ताराखोला गाउं पालिकामा जनसम्वाद कार्यक्रम रहेको बताइएको छ ।

नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली ले आज बिहान थबाङ मा मर्निङ वक गरेको छ ।सो क्रममा अध्यक्ष प्रचण्ड ले सहिद परिवार भेटघाट गरे । सोही क्रममा प्रचण्ड ले रोल्पाको थबाङ मा थबाङ गाउपालिकाद्वारा निर्मित थबाङ आधारभूत अस्पतालको उद्घाटन गरे भने थबाङ मा सहिद स्मृति पार्क पुगी रोल्पाका सहिदको सालिक मा माल्यार्पण गरेर रोल्पाको कार्यक्रम सकेका थिए ।

रोल्पाबाट बागलुंग आउने क्रममा ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली ले पुन रूकुमपूर्व प्रवेश गरेर फरक फरक दुई वटा जनसम्वाद कार्यक्रम गरेको थियो ।
‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भुमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गरेको प्रेस सल्लाहाकार गोविन्द आचार्यले बताए ।

उक्त सहकारीले स्थानीय उत्पादनको बजारिकरण तथा कृषकलाई उत्पादनमुखी बनाउन सहयोग पुर्‍याउँदै आएको छ। अवलोकनको अवसरमा सहकारीका अध्यक्ष रामेश्वर बुढा मगरले सहकारीले सञ्चालन गरेका कार्यक्रमहरू र गतिविधिबारे जानकारी गराएका थिए ।
उनले स्थानीय रूपमा उत्पादन हुने अर्गानिक वस्तुको माग उच्च रहेको उल्लेख गर्दै त्यसअनुसार उत्पादन बढाउन आवश्यक रहेको धारणा व्यक्तगरे ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष बुढा मगरले अध्यक्ष प्रचण्डलाई सहकारीका अर्गानिक उत्पादनहरू उपहारस्वरूप प्रदान गरेका थिए ।


त्यसअघि अभियान टोलीले पालिकाले गरेका असल अभ्यास र विकास गतिविधिहरु सम्बन्धी जानकारी लिएको थियो । टोलीको स्वागत भुमे गाउँपालिका अध्यक्ष होम बहादुर श्रेष्ठ, उपाध्यक्ष सबिना बुढा, अन्य स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूले गरेका थिए।

स्वागतपछि पालिका अध्यक्ष श्रेष्ठले अभियान टोलीलाई भुमे गाउँपालिकाले गरेका प्रयास, उपलब्धि तथा असल अभ्यासबारे जानकारी गराउनुका साथै पालिका तथा कर्मचारीहरूका तर्फबाट विभिन्न मागहरू समेत प्रस्तुत गरेका थिए ।

बर्खायाममा पानीबाट जोगिन भोजपत्र र बाँसको चोयाले बनेको छोप्रो लगाउनु भएका रोल्पा जलजलाका दयाजी रोक्का मगर जो रोल्पाली मौलिक नृत्य नचारू नाँचका गुरू पनि हुनुहुन्छ । उहाँले मध्यपहाडी लोकमार्ग अभियानका क्रममा अध्यक्ष प्रचण्डसंग :

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com