काठमाडौ ५ जेठ । सगरमाथा संवादमा सम्बन्धित संसदीय समितिका सदस्यहरूलाई उपस्थिति नगराइएको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरूले सगरमाथा संवादमा सम्बन्धित समितिका सदस्यहरूलाई नबोलाइएको भन्दै आपत्ति जनाएका हुन् ।
नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले विषयगत समितिमध्ये कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सगरमाथा संवादका लागि हकदार समिति हुँदा पनि किन तीन जना सांसदलाई मात्रै बोलाएको भन्दै आपत्ति जनाउनुभयो ।
समिति सभापति कुसुमदेवी थापाले सांसदहरूलाई सामेल गराउन वन मन्त्रालयलाई पटक पटक आग्रह गर्दासमेत सरकारले चासो नदेखाएको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद विनिता कठायतले सगरमाथा संवाद आयोजनामा छिमेकी राष्ट्रका उच्च तहका पदाधिकारीहरू सहभागी नहुनुले नेपालको स्तर मापन भएको बताउनुभयो ।
एमालेका सांसद सम्झना थपलियाले तीन जना सांसद पठाउँदा पनि सभापति थापाले एक्लै निर्णय गरेर मन परेकाहरूलाई मात्रै पठाएको भन्दै आपत्ति जनाउनुभयो ।
े







प्रतिक्रिया दिनुहोस्