काठमाडौ ५ जेठ । कोसी प्रदेशका सांसदहरू चढेको गाडी दुर्घटनामा परेको छ। झापाबाट विराटनगरतर्फ आउने क्रममा कानेपोखरीनजिकै गाडी दुर्घटना भएको हो।
सांसदहरू चढेको अल्फाबेट बीएइ १४०६ नम्बरको गाडी र जिल्ला प्रहरी कार्यालय झापमा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार बा ५ च ३५३० गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
गाडीको ठक्करबाट प्रदेशसभातर्फ आउँदै गरेका सांसदहरू राधाकृष्ण खनाल, विद्या चाम्लिङ, मैया श्रेष्ठ र नम्बरलाल धिमाल समान्य घाइते भएका छन्।
कोसी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले गाडी एक आसपमा ठक्कर खाएको जानकारी दिए। उनका अनुसार दुवै गाडीमा क्षति पुगे पनि सांसद र प्रहरी दुवै सुरक्षित छन्।







प्रतिक्रिया दिनुहोस्