ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक हप्तामा गभर्नरको नियुक्ति : सञ्चारमन्त्री गुरुङ


abc news

काठमाडौ ४ जेठ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ढिलोमा एक हप्ता भित्रमा राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ ।

आइतबार लमजुङ सदरमुकाम बेँसीसहरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्तिका लागि बनाइएको सिफारिस समितिले सिफारिस गरेकै दिन सरकारले निर्णय गर्ने बताउनुभयो ।

“समितिका सदस्य डा। विश्व पौडेलले राजीनामा दिएपछि अर्थविद् डा। पोषराज पाण्डेलाई सदस्यमा नियुक्त गरिएको छ” सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “सिफारिस समितिले प्रस्ताव गर्नासाथ सरकारले निर्णय गरिहाल्छ ।”

मन्त्री गुरुङले वर्तमान सरकार लामो समय जाने निश्चित भएपछि विपक्षीहरू अत्तालिएको बताउनुभयो । उहाँले सत्ता गठबन्धनमा कुनै प्रकारको असमझदारी नरहेको समेत प्रष्ट पार्नुभयो । “सरकार साढे तीन वर्ष ढुक्कले जाने भएपछि विपक्षीहरू आत्तिएका छन् । हुने नहुने बोलेका छन्” उहाँले भन्नुभयो, “अहिले हामी बोल्न पनि हुन्न । एकदम ग्रान्डडिजाइन छ । यहाँ हतास मानसिकताले काम गरिरहेको छ ।”

यसअघि नेकपा ९एमाले० लमजुङको नवौं जिल्ला अधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले सरकारलाई स्थायित्व र सवल बनाउन पार्टी बलियो बन्नुपर्ने धारणा राख्नुभयो । “सरकारलाई बलियो बनाउने कुरा, सवल बनाउने कुरा पार्टीको महत्त्वपूर्ण भूमिका हुन्छ” मन्त्री गुरुङले भन्नुभयो, “सरकारले राम्रो गर्न सक्यो भने पार्टी विस्तारलाई फाइदा हुन्छ, पार्टी बलियो भयो भने सरकारको स्थायित्व हुन्छ ।”

नेकपा ९एमाले० का उपमहासचिव समेत रहनुभएका मन्त्री गुरुङले समाजवादको आधार तयार पार्न नेकपा ९एमाले० ले स्थानीय तह, प्रदेश र सङ्घमा बहुमत सहितको सरकार बनाउनुपर्ने बताउनुभयो । उहाँले सोभियत सङ्घमा कम्युनिष्ट पार्टीको सरकार ढलिरहेका बेला नेपालमा जननेता मदन भण्डारीको विचार र सिद्धान्तले कम्युनिष्ट पार्टीलाई माथि उठाएको बताउनुभयो ।

पञ्चायत शासन ढाल्न जेलमा हुँदा पनि २०४३ सालमा जनपक्षीय उम्मेद्वारका रूपमा निर्वाचन लडेको उहाँले बताउनुभयो । पञ्चायतको भण्डाफोर गर्दै बहुदलको मुद्दा उठाउन जनपक्षीय उम्मेदवार उठाएर नै देशमा राजनीतिक परिवर्तन सम्भव भएको उहाँले बताउनुभयो । हिजोको यो नीतिले नै पार्टी विस्तारमा सहयोग पुगेको र हिजो जनपक्षीय उम्मेदवार बनेर निर्वाचित भएकाहरू आज पनि जनतामाझ लोकप्रिय भएर चुनाव जितिरहेको उहाँले बताउनुभयो ।

२०४३ सालमा जनपक्षीय उम्मेदवार हुनुभएका मन्त्री गुरुङलाई आइतबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जिल्ला अध्यक्ष राजकुमार विष्ट लगायतले खादा र सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो । २०४३ यता उहाँ लगातार लमजुङबाट निर्वाचनमा सहभागी हुँदै आउनुभएको छ ।

आठ पटक निर्वाचन लड्नुभएका गुरुङले २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित हुनुभयो भने २०७४ मा प्रदेश ९ख० बाट निर्वाचित हुँदै गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुभयो । २०७९ मा सङ्घीय सांसदमा निर्वाचित उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com