काठमाडौ ४ जेठ । ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव आज आइतबार सर्वसम्मतीले पारित भएको हो।
विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी पारित गरेको थियो। यो विधेयक राष्ट्रियसभामा उत्पति भएको हो। विधेयक प्रमाणित भएको ३१ औँ दिनबाट लागू हुने व्यवस्था गरिएको छ।







प्रतिक्रिया दिनुहोस्